समाचार

एमाले बैठक जारी

२०७० फागुन २१ गते २:३५

काठमाण्डु, २१ फागुन –नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा आगामी महाधिवेशनको मिति तय, सांगठिनक सदस्यता नवीकरणको समय थप्ने, सदस्यता वितरण, विधान संशोधन, नेपालको पछिल्लो राजनीतिक अबस्थाका बारेमा छलफल भइरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । उनका...

२६ सभासदको मनोनित चाँडै

२०७० फागुन २१ गते २:२८

काठमाण्डु, २१ फागुन –सरकाले संबिधानसभामा मनोनित हुन बाँकी रहेका २६ जनालाई छिट्टै मनोनित गर्ने भएको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले संबिधानसभामा मनोनित गर्न बाँकी सदस्यबारे गृहकार्य सुरु गरिसकेकाले छिट्टै मनोनित गर्ने जानकारी दिएका हुन् । बुधवार नेपाल प्रेस युनियन पाल्पाले...

जुवाडे छुटाउन नेतादेखि कार्यकर्ताको दवाव

२०७० फागुन २१ गते १:५४

पाँचथर, २१ फागुन – पाँचथरमा पक्राउ परेका जुवाडे छुटाउन प्रहरीलाई रानजीनिक दवाव परेको छ । फिदिम बजारबाट मंगलबार साँझ जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गणेश राई, बिजय सुब्बा, पदम गुरुङ, वीरेन्द्र सुब्बा, भीमकुमार लिम्बु, विमलकुमार मिमिरे, प्रकाश...

एक सय पन्ध्र विद्यार्थीले प्रवेशिका परीक्षा दिन पाएनन्

२०७० फागुन २१ गते १:१७

तेह्रथुम, २१ फागुन । यस जिल्लाका १ सय १५ जना विद्यार्थी प्रवेशिका परीक्षामा सामेल हुन नपाउने भएका छन् । शिक्षा नियमावलीअनुसार विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । विद्यार्थी तथा अभिभावकहरुको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यालयले...

सभासद् मनोनयनबारे प्रधानमन्त्री कार्यालयको जवाफ

२०७० फागुन २० गते १३:१८

काठमाण्डु, २० फागुन – संविधानसभामा मनोनयन गरिने २६ सभासद्का सम्बन्धमा दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतमा जवाफ पेश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रिपरिषद् कार्यालय छुट्टा–छुट्टै निकाय भएको र यस कार्यालयलाई सभासद् नियुक्ति गर्ने अधिकार कानुनले प्रदान नगरेकाले विपक्षी...

एकीकृत विकास योजना आवश्यक : मन्त्री सिंह

२०७० फागुन २० गते १२:२७

काठमाण्डु, २० फागुन – उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाको सबै भूगोललाई समेटी एकीकृत विकास योजना बनाउन आवश्यक भएको बताएका छन् । जिल्ला विकास समिति काठमाण्डुको सातौँ जिल्ला परिषद्बाट पारित आर्थिक वर्ष २०७१/०७२ को नीति, कार्यक्रम...

कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा पौडेल

२०७० फागुन २० गते ११:५६

काठमाण्डु, २० फागुन – नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा श्रीधर पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको शाखाको चौथो अधिवेशनबाट उपाध्यक्षमा मदन खनाल, सचिवमा सविन मिश्र, कोषाध्यक्षमा सिल्भिया राजोपाध्याय र सहसचिवमा राजेन्द्र शाक्य चयन भएका छन् । सदस्यहरुमा...

बिमस्टेकको अध्यक्षता नेपाललाई

२०७० फागुन २० गते १०:३०

२० फागुन, काठमाण्डु – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास ‘बिमस्टेक’को अध्यक्षता नेपालले पाएको छ । म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गरेको हो । यसअघि बिमस्टेकको अध्यक्ष राष्ट्र म्यानमार रहेको थियो । सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गर्नुका साथै श्रीलंकाली...

अब एसएमएसबाटै सवारीको सुरक्षा

२०७० फागुन २० गते ८:५६

चितवन, फागुन – मोबाइलको एसएमएसबाटै सवारी साधनको सुरक्षा गर्न सकिने प्रविधिलाई चितवनमा प्रयोगमा ल्याउन थालिएको छ । सुरक्षा ट्रेडिङ सेन्टर, नारायणगढले चितवनमा यस्तो प्रविधि भित्र्याएको हो । आफ्नो मोबाइलको सहायताले आफ्नो सवारी साधनको अवस्था बुझ्न सकिने अत्याधुनिक इलेक्ट्रोनिक प्रणालीको विकास गरिएको ओरियन्टल सेक्युरिटी सर्भिसका...

लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

२०७० फागुन २० गते ८:३७

नेपालगन्ज, २० फागुन – बाँके जिल्ला इलाका प्रहरी कार्यालय जमुनहाबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको पाँच ग्राम लागुऔषध ब्राउनसुगरसहित एक जनालाई मंगलबार पक्राउ गरेको छ । प्रहरीका अनुसार, भारतको रुपैडिहा बजारबाट नेपालगन्ज ल्याउँदै गरेको सो लागुऔषधसहित कोहलपुर निवासी शङ्कर श्रेष्ठलाई पक्राउ गरिएको...

नियमावली मस्यौदा समितिको म्याद थपियो

२०७० फागुन २० गते ७:३७

काठमाण्डु, २० फागुन – संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको कार्यावधि आउँदो २७ गतेसम्मका लागि थप गरेको छ । संविधानसभाको मंगलबारको बैठकले नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै सो समितिको म्याद थपेको हो...

विद्यालय भवन नहुँदा रुखमुनि पठनपाठन

२०७० फागुन २० गते ७:०३

कञ्चनपुर, २० फागुन – कञ्चनपुरको देखतभूली–६ बसन्तपुरमा रहेको सिद्धनाथ प्राथमिक विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई रुखमुनि राखेर पढाउने गरिएको छ । अधिकांश दलित र जनजातिका बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा दुईकोठे पक्की र दुईकोठे अर्धपक्की भवन मात्रै रहेका छन् । भवनको तुलनामा विद्यार्थीको सङ्ख्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us