लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २० गते ८:३७ मा प्रकाशित

Hatkadiनेपालगन्ज, २० फागुन – बाँके जिल्ला इलाका प्रहरी कार्यालय जमुनहाबाट खटिएको विशेष प्रहरी टोलीले भारतबाट ल्याउँदै गरेको पाँच ग्राम लागुऔषध ब्राउनसुगरसहित एक जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, भारतको रुपैडिहा बजारबाट नेपालगन्ज ल्याउँदै गरेको सो लागुऔषधसहित कोहलपुर निवासी शङ्कर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

यसैगरी, प्रहरीले भारतबाट चोरी गरी नेपालगन्जमा भाडामा सञ्चालन गर्दै आइरहेको भे१ज १०६ नं को जिप बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us