बिमस्टेकको अध्यक्षता नेपाललाई

काठमाण्डु टुडे २०७० फागुन २० गते १०:३० मा प्रकाशित

Sushil-Koirala२० फागुन, काठमाण्डु – बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी बंगालको खाडीको प्रयास ‘बिमस्टेक’को अध्यक्षता नेपालले पाएको छ ।

म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गरेको हो । यसअघि बिमस्टेकको अध्यक्ष राष्ट्र म्यानमार रहेको थियो ।

सम्मेलनले नेपाललाई अध्यक्षता प्रदान गर्नुका साथै श्रीलंकाली नागरिक सुमथ नाकनदालालाई महासचिवमा चयन गरेको छ ।

साथै ढाकामा सङ्गठनको स्थायी सचिवालाय स्थापना गर्ने प्रस्ताव पनि पारित भएको छ भने बिमस्टेक सांस्कृतिक उद्योग आयोग र मौसम तथा बिम्स्टेक जलवायु केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिमस्टेकको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सफलतापूर्वक तेस्रो शिखर सम्मेलन सम्पन्न गरेकोमा म्यानमारका राष्ट्रपति थिन सेनलाई बधाई दिए ।

बिमस्टेक सदस्य राष्ट्रहरुबीच सहकार्यका लागि नेपालले सक्दो पहल गर्ने भन्दै कोइरालाले अन्य देशहरुको सहयोग पाउने विश्वास व्यक्त गरे । बिमस्टेकमा नेपाल सहित बंगलादेश, भुटान, भारत, म्यानमार, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us