२६ सभासदको मनोनित चाँडै

काठमाण्डु टुडे २०७० फागुन २१ गते २:२८ मा प्रकाशित

prakash man singकाठमाण्डु, २१ फागुन –सरकाले संबिधानसभामा मनोनित हुन बाँकी रहेका २६ जनालाई छिट्टै मनोनित गर्ने भएको छ ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले संबिधानसभामा मनोनित गर्न बाँकी सदस्यबारे गृहकार्य सुरु गरिसकेकाले छिट्टै मनोनित गर्ने जानकारी दिएका हुन् ।

बुधवार नेपाल प्रेस युनियन पाल्पाले गरेको कार्यक्रममा उप प्रधान तथा स्थानीय विकासमन्त्री श्रेष्ठले सरकारले शान्ति प्रक्रियाका बाँकी कामहरु पनि समयमै पुरा गर्न लागि परेको बताए ।

सिंहले विगतको संबिधानसभामा एकीकृत माओवादीसंग जनताले धेरै अपेक्षा राखेर ठूलो पार्टी बनाए पनि उसले संबिधानसभाको नेतृत्व लिन नसकेकाले जनताले अहिले काँग्रेसलाई अभिभारा दिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us