जुवाडे छुटाउन नेतादेखि कार्यकर्ताको दवाव

काठमाण्डु टुडे २०७० फागुन २१ गते १:५४ मा प्रकाशित

पाँचथर, २१ फागुन – पाँचथरमा पक्राउ परेका जुवाडे छुटाउन प्रहरीलाई रानजीनिक दवाव परेको छ ।

फिदिम बजारबाट मंगलबार साँझ जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गणेश राई, बिजय सुब्बा, पदम गुरुङ, वीरेन्द्र सुब्बा, भीमकुमार लिम्बु, विमलकुमार मिमिरे, प्रकाश सुब्बा, राजेन्द्र लावती, अमिर लिम्बु ,कुमार राई र चिरञ्जिवि रिजाल रहेका छन् । उनीहरु पेशेवर जुवाडे प्रहरीको भनाइ छ ।

जुवाको खालबाट प्रहरीले ८४ हजार नगद र केहि जिन्सि बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा केही राजनितिक दलका नेता तथा कार्यकर्तासमेत भएकाले जिल्ला स्तरका नेताहरुबाट दबाबसमेत आउन थालेको पाँचथरका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us