समाचार

प्रधानमन्त्री स्वदेश फिर्ता

२०७० फागुन २२ गते २:४६

 काठमाण्डु, २२ फागुन– म्यानमारमा सम्पन्न बंगालको खाडीको प्रयास (बिमस्टेक)को तेश्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किएका छन् । कोइराला थाइएयरको जहाजबाट बिहीबार दिउँसो काठमाण्डु आइपुगेका हुन् । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै कोइराला गत १८ फागुनमा म्यानमार गएका थिए । शिखर सम्मेलनका क्रममा...

मलेसियामा ४५ नेपाली समस्यामा

२०७० फागुन २२ गते १:५७

काठमाण्डु, २२ फागुन – सम्झौताअनुसारको तलब नपाएपछि ४५ नेपाली मलेसियामा समस्यामा परेका छन् । नेपालमा मेनपावरले भने जसि तलब र सेवा सुबिधानपाए पछि मलेशयिामा ४५ नेपाली समस्यामा परेका हुन् । मलेसियाको सुङ्गाइबुलोमा रहेका ओ वाइएल कम्पनीमा कार्यरत नेपालीलाई मेनपारले भने अनुसारको तलब हात परेको...

परम्परागत कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन– भट्टराई

२०७० फागुन २१ गते १४:०७

काठमाण्डु, २१ फागुन –एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले परम्परागत तवरले कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने बताएका छन् । नेपाल भेनजुएला ऐक्यबद्धता सञ्जालले आयोजना गरेको ह्यूगो चाभेजको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा अन्यत्रको जस्ताको तस्तै नक्कल गर्ने प्रवृत्ति नै सबैभन्दा खराब...

पत्रकार महासंघ नुवाकोटमा अधिकारी

२०७० फागुन २१ गते १३:४०

नुवाकोट, २१ फागुन – नेपाल पत्रकार महासंघ नुवाकोटमा प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । सर्वसम्मतिले नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्ष श्रीराम नेपाल, सचिव नवदीप अजनवी, सहसचिव रामहरि गजुरेल, कोषाध्यक्षमा कपिलदेव खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बद्री...

बृहत् शान्ति सम्झौता विपरीत काम भयो–नेता चन्द

२०७० फागुन २१ गते १३:०१

परासी, २१ फागुन – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले दलहरुले बृहत् शान्ति सम्झौता विपरीत काम गरेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार महासङ्घ नवलपरासीले गरेको कार्यक्रममा चन्दले दलहरुले शान्ति सम्झौताको मर्म विपरीत काम गरेकाले सङ्क्रमणकाल लम्बिदै गएको बताए । प्रधानमन्त्री सुशील कोइरालाले माओवादीलाई पनि संविधान...

विद्यार्थीसँग शिक्षामन्त्री कक्षाकोठामा

२०७० फागुन २१ गते १२:०५

काठमाण्डु, २१ फागुन – जुनसुकै मुलुकमा विद्यालयकातहका विद्यार्थीले शिक्षामन्त्रीलाई विरलै भेट्न पाउँछन् । तर नवनियुक्त शिक्षामन्त्री चित्रलेखा यादवले विद्यालय तहका विद्यार्थीका चाहना, भावना र समस्याबारे उनीहरु पढिरहेको कक्षा कोठामा शिक्षक झैँ छिरेर जानकारी लिने प्रयासको थालनी गरेकी छन् । तराईका जिल्ला पुगेकी धनुषा जिल्लाबाट...

लोकमानको संसदीय सुनुवाई हुनुपर्छ –एमाले

२०७० फागुन २१ गते १०:२१

काठमाण्डु, २१ फागुन – नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिबारे प्रश्न उठाएको छ । एमालेले प्रमुख कार्कीसहित सबै पदाधिकारीको संसदीय सुनुवाइ हुनुपर्ने तर्क अघि सारेको छ । केन्द्रीय समिति बैठकले अन्तरिम संविधानको बाधा अड्काउ फुकाउ आदेश बमोजिम नियुक्त भएका...

मृत्यु भएकालाई पनि छोडेन अख्तियारले

२०७० फागुन २१ गते ९:०८

झापा, २१ फागुन – झापामा अधिकांश मृत्यु भइसकेका र अवकाश पाइसकेका शिक्षकका नाममासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको लागि पत्र पठाएको छ । दुई बर्षअघि मृत्यु भएका कवि शिरोमणि उमावि मेचीनगरका शिक्षक दिलबहादुर मगरको नाममा अख्तियारले पत्र काटेको छ । उनको नाममा पनि आयोगले...

बिम्स्टेक सदस्य मुलुकहरुबीच सहकार्य आवश्यक : कोइराला

२०७० फागुन २१ गते ७:५३

याङगुन (म्यान्मार), २१ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य मुलुकहरुले सहमति, सहकार्य, एकता र पारस्परिक मेलमिलापबाटै यस क्षेत्रको गरिबी निवारण र समृद्धि सुनिश्चित गर्न सक्ने बताएका छन् । म्यान्मारको राजधानी नेपिटमा सम्पन्न बिम्स्टेकको तेस्रो...

माओवादीका कार्यकर्ताद्वारा सम्मान पत्र कब्जा

२०७० फागुन २१ गते ७:४७

जाजरकोट, २१ फागुन – नेपाली काँग्रेस जिल्ला समितिका सदस्य विनबहादुर सिंहलाई सम्मान गरिँदा दिइएको प्रमाणपत्र नेकपा–माओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । जिल्लाको खगेनकोट गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै खगेनकोट गाविस सचिव मोहनप्रकाश गिरीले सिंहलाई सम्मान गरेका थिए...

हतियारसहित पाँचजना पक्राउ

२०७० फागुन २१ गते ७:४४

काठमाण्डु, २१ फागुन – महानगरीय प्रहरी काठमाण्डुले हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । सितापाइला गाविस वडा नं ६ स्थित फस्कु चोकमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा १ ज ७६७० नं को ट्याक्सीमा तीन वटा हतियार र गोलीसहित...

नारायण श्रेष्ठले ‘साझा सवाल’ छोड्ने

२०७० फागुन २१ गते ७:३६

काठमाण्डु, २१ फागुन – प्रस्तोता नारायण श्रेष्ठले ‘साझा सवाल’ छाड्ने निर्णय गरेका छन् । बिविसि नेपाली सेवामा हरेक आइतबार प्रसारण हुने कार्यक्रम साझा सवाल बाट बाहिरिने बताएका छन् । झण्डै सात बर्षदेखि साझा सवाल चलाउँदै आएका श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा साझा सवालबाट बाहिरिने निर्णय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us