पत्रकार महासंघ नुवाकोटमा अधिकारी

काठमाण्डु टुडे २०७० फागुन २१ गते १३:४० मा प्रकाशित

नुवाकोट, २१ फागुन – नेपाल पत्रकार महासंघ नुवाकोटमा प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

सर्वसम्मतिले नयाँ कार्य समिति चयन गरेको हो ।

उपाध्यक्ष श्रीराम नेपाल, सचिव नवदीप अजनवी, सहसचिव रामहरि गजुरेल, कोषाध्यक्षमा कपिलदेव खनाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बद्री प्याकुरेल, संगीता पनेरुलगायत रहेका छन् ।

अधिवेशनले दश जनालाई केन्द्रीय प्रतिनिधी चयन गरेको छ । सभासद्मा राजुमित्र खनाल, शिव देवकोटा, दयानीधि भट्ट, धुव्रकुमार रावल, देवचन्द्र भट्ट, बलाराज पौडेल, दिनेश आचार्य, रविन थपलिया, माधवराज तिवारीलगायत रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us