माओवादीका कार्यकर्ताद्वारा सम्मान पत्र कब्जा

काठमाण्डु टुडे २०७० फागुन २१ गते ७:४७ मा प्रकाशित

Mohan Baidhyaजाजरकोट, २१ फागुन – नेपाली काँग्रेस जिल्ला समितिका सदस्य विनबहादुर सिंहलाई सम्मान गरिँदा दिइएको प्रमाणपत्र नेकपा–माओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् ।

जिल्लाको खगेनकोट गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै खगेनकोट गाविस सचिव मोहनप्रकाश गिरीले सिंहलाई सम्मान गरेका थिए ।

सिंहलाई गरिएको सम्मानको अन्य दलहरुले विरोध गरेपनि नेकपा–माओवादीका कार्यकर्ताले प्रमाणपत्र र खाममा राखेको एक हजार ५०० समेत कब्जामा लिएको कार्यक्रममा सहभागी जिविसका सूचना अधिकारी गङ्गा आसीले बताए ।

खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सिंहले कुनै प्रकारको सहयोग नगरेको माओवादी कार्यकर्ताको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us