विद्यार्थीसँग शिक्षामन्त्री कक्षाकोठामा

काठमाण्डु टुडे २०७० फागुन २१ गते १२:०५ मा प्रकाशित

chirtralekha yadabकाठमाण्डु, २१ फागुन – जुनसुकै मुलुकमा विद्यालयकातहका विद्यार्थीले शिक्षामन्त्रीलाई विरलै भेट्न पाउँछन् । तर नवनियुक्त शिक्षामन्त्री चित्रलेखा यादवले विद्यालय तहका विद्यार्थीका चाहना, भावना र समस्याबारे उनीहरु पढिरहेको कक्षा कोठामा शिक्षक झैँ छिरेर जानकारी लिने प्रयासको थालनी गरेकी छन् ।

तराईका जिल्ला पुगेकी धनुषा जिल्लाबाट यो नयाँ काम थालनी गरेकी हुन् । जनकपुरको सङ्कटमोचन माविको कक्षाहरुमा मन्त्री यादवले विद्यार्थीसँग एक्लै संवाद गरेकी थिइन् । पूर्व जानकारीबिना विद्यालयको कक्षा ९ मा मन्त्री यादव पुगेकी थिइन् ।
“मैले भाइ बहिनीहरुलाई यो विद्यालय कस्तो लाग्छ ? यो विद्यालय के के कारणले मन पर्छ ? समस्या के छन् ? भनेर सोधेँ । उनीहरुले शौचालय अभावलगायतका समस्या सुनाए । मैले टिपेर ल्याएको छु ।” आफ्नो कक्षाकोठा भ्रमणबारे मन्त्री यादवले बुधबार भनिन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us