नारायण श्रेष्ठले ‘साझा सवाल’ छोड्ने

काठमाण्डु टुडे २०७० फागुन २१ गते ७:३६ मा प्रकाशित

Narayan Shrestha picकाठमाण्डु, २१ फागुन – प्रस्तोता नारायण श्रेष्ठले ‘साझा सवाल’ छाड्ने निर्णय गरेका छन् । बिविसि नेपाली सेवामा हरेक आइतबार प्रसारण हुने कार्यक्रम साझा सवाल बाट बाहिरिने बताएका छन् ।

झण्डै सात बर्षदेखि साझा सवाल चलाउँदै आएका श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा साझा सवालबाट बाहिरिने निर्णय गरेको लेखेका छन् ।

‘ यो अबधिमा रमाइला, नौला र उत्साहप्रद विषयमा छलफल गरियो ।’ उनले लेखेका छन्, ‘छलफलमा कहीँ टोलाएँ, कहि रमाएँ, थिति र बेथिति दुवैलाई लिएर ।’ नारायण श्रेष्ठले फेरी अर्को नयाँ अध्यायको खोजीमा रहेको बताएका छन् ।

उनी अध्यनका लागि छिट्टै अमेरिका जाने तयारीमा रहेको बुझिएको छ ।

Narayan Shrestha

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us