हतियारसहित पाँचजना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन २१ गते ७:४४ मा प्रकाशित

pakrau-arrestकाठमाण्डु, २१ फागुन – महानगरीय प्रहरी काठमाण्डुले हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

सितापाइला गाविस वडा नं ६ स्थित फस्कु चोकमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा १ ज ७६७० नं को ट्याक्सीमा तीन वटा हतियार र गोलीसहित मंगलबार साँझ ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बबरमहलबाट हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी उनीहरुमाथिको अनुुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु–१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने शुभराम बस्नेत, काठमाण्डु मालीगाउँ बस्ने लीलाबहादुर खड्का, धरान घर भई हाल मण्डिखाटार बस्ने सचिन शर्मा, मालीगाउँ बस्ने जोन खड्का र सितापाइला बस्ने राकेश विक्रम शाही छन् ।

उनीहरुको साथबाट म्यागनम टु टु हतियार एक थान र गोली ११ राउन्ड, म्यागनम टु टु हतियार एक थान तथा गोली ४३ राउन्ड, सटगन एक थान र गोली १६ राउन्ड बरामद भएको प्रहरीले जनाएकोछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us