लोकमानको संसदीय सुनुवाई हुनुपर्छ –एमाले

काठमाण्डु टुडे २०७० फागुन २१ गते १०:२१ मा प्रकाशित

Lok_Man-Singh-Karkiकाठमाण्डु, २१ फागुन – नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिबारे प्रश्न उठाएको छ ।

एमालेले प्रमुख कार्कीसहित सबै पदाधिकारीको संसदीय सुनुवाइ हुनुपर्ने तर्क अघि सारेको छ ।

केन्द्रीय समिति बैठकले अन्तरिम संविधानको बाधा अड्काउ फुकाउ आदेश बमोजिम नियुक्त भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ गर्नुपर्ने निर्णय समेत गरेको गरेको छ ।

संवैधानिक आयोगका पदाधिकारी, सर्बोच्च अदालतका अस्थायी न्यायाधीश र राजदूतहरुको संसदीय सुनुवाई हुनुपर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेश भट्टराईले बताए ।

बैठकले खिलराज रेग्मी नेतृत्वको सरकारले आठजना संवैधानिक पदाधिकारी, सर्वेच्च अदालतका पाँचजना अस्थायी न्यायाधीश र दुईजना राजदूत नियुक्त गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us