परम्परागत कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन– भट्टराई

काठमाण्डु टुडे २०७० फागुन २१ गते १४:०७ मा प्रकाशित

Baburamकाठमाण्डु, २१ फागुन –एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले परम्परागत तवरले कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने बताएका छन् ।

नेपाल भेनजुएला ऐक्यबद्धता सञ्जालले आयोजना गरेको ह्यूगो चाभेजको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनमा अन्यत्रको जस्ताको तस्तै नक्कल गर्ने प्रवृत्ति नै सबैभन्दा खराब रहेको बताए ।

नेपालमा पूँजीवादी जनवादी क्रान्तिको एउटा चरण पूरा भइसकेको तर्क भट्टराईले आगामी दिनमा त्यसको बाँकी रहेको कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिलाई अगाडि बढाउने योजना आफ्नो पार्टीको रहेको दावी गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले भेनेजुएलाको समाजवादी नमुनाका केही कुराहरू आफू प्रधानमन्त्री हुँदा लागू गर्ने प्रयास गरेको दावी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us