समाचार

उड्दा उड्दै जल्यो विमान, यात्रुहरु सकुशल

२०७० फागुन २३ गते १०:३६

काठमाण्डु, २३ फागुन – नेपाल वायुसेवा निगमको ट्विनअटर विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलको रन वे छोडेको केहीबेरमै ‘9N Alfa Bravo Unicorm’ विमानको दायाँ इञ्जिन पड्किएको थियो । सो समय विमानमा क्याप्टेन सञ्जय वैद्य र को पाइलत प्रशान्त राई सहित...

बम बिस्फोटमा बालक घाइते

२०७० फागुन २३ गते १०:२७

काठमाण्डु, २३ फागुन –बेवारीसे अवस्थामा रहेको बम विष्फोट हुँदा सिरहामा एक बालक घाईते भएका छन् । सिरहाको नरहा बलकवा–९ का गोविन्द सदायका ७ वर्षीय छोरा अजय कुमार सदाय बम विष्फोटमा परी गंभीर घाईते भएका प्रहरीले जनाएको छ । घर जनीकैको कलभर्ट मुनि बेवारीसे अवस्थामा...

जिल्लाको विकासका लागि सभासद्हरु सङ्गठित

२०७० फागुन २३ गते १०:१८

चितवन, २३ फागुन – चितवन जिल्लाको विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरु सङ्गठित रुपमा लाग्ने भएका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले आज आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी सबै सभासद्ले जिल्लाको विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । सभासद्हरुले एकदशक लामो...

लोकतन्त्रको जगमा विकास : उपसभापति पौडेल

२०७० फागुन २३ गते १०:००

ललितपुर, २३ फागुन – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक–सामाजिक विकास सम्भव हुने बताएका छन् । नेपाल दलित संघद्वारा ललितपुरमा आयोजित प्रथम राष्ट्रिय दलित सदनको प्रथम बैठकको उद्घाटन गर्दै उपसभापति पौडेलले मुलुकमा विद्यमान दलितप्रतिको परम्परागत विभेद तथा वर्गवादी विसङ्गतिलाई हटाउन...

जेष्ठ नागरिकका समस्या राष्ट्रिय समस्या

२०७० फागुन २३ गते ८:५१

काठमाण्डु २३ फागुन ‘जेष्ठ नागरिकहरुको हेरचाह, आदर सम्मान र सुरक्षाको समस्या राज्य, समाज र परिवरको साझा राष्ट्रिय समस्या हो । राज्यले जेष्ठ नागरिकहरुका हक,हित र प्रतिष्ठा मागहरु जायज मागहरु तत्काल पूरा गर्नु पर्दछ । उनीहरुको एक बर्षदेखिको अटुट आन्दोलनलाई सम्मान गर्नु पर्दछ । उनीहरुले...

‘स्थानीय चुनावको मिति तोक्न प्रधामन्त्रीको तदारुकता देखिएन’

२०७० फागुन २३ गते ८:३०

नेकपा एमालेका एक नेताले स्थानीय चुनाव गर्नको लागि प्रधानमन्त्रीले तदारुकता नदेखाएकोले गुनासो गरेको भए पनि कांग्रेसका एक नेताले प्रधानमन्त्रीको वचाउ गर्दै आफ्नो पार्टी छिटो स्थानीय निकायको चुनावको पक्षमा रहेको दाबी गरेका छन्। संविधानसभाको दोस्रो ठुलो दल नेकपा एमालेले आफ्नो केन्द्रिय कमिटीको बैठकको निर्णय बिहिबार...

शंकरदेवमा प्रहरी र बिद्यार्थीबीच झडप

२०७० फागुन २३ गते ५:२०

काठमाण्डु, २३ फागुन – हतियारसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियू सभापति शुभराम बस्नेतको रिहाईको माग गर्दै बिद्यार्थीले शंकरदेव क्याम्पसमा धर्ना र नारा जुलुश गरेका छन् । नेविसंघका कार्यकर्ताले बिहानैदेखि शंकरदेव र त्रिचन्द्र क्याम्पसमा धर्ना दिएका हुन् । धर्नामा प्रहरीले धरपकड गरेपछि बिद्यार्थी र प्रहरीबीच...

प्याब्सनमा सर्वसम्मतिको प्रयास

२०७० फागुन २३ गते ५:०५

काठमाण्डु, २३ फागुन – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)मा सर्वसम्मत रूपमा पदाधिकारी चयनको प्रयास थालिएको छ । पच्पन्न सदस्यीय प्याब्सन कार्यसमितिका लागि १०८ जनाको विभिन्न पदमा उम्मेदवारी परेपछि पूर्वअध्यक्षहरूको प्रेसिडेन्सियल काउन्सिले बिहीबारदेखि सर्वसम्मतिका लागि प्रयास सुरु गरेको हो । पूर्वअध्यक्षको चार सदस्यीय प्रेसिडेन्सियल काउन्सिलमा...

ड्युटीमै प्रहरी नायब निरिक्षकको मृत्यु

२०७० फागुन २३ गते ४:५८

महोत्तरी, २३ फागुन –महोत्तरी जिल्लाअन्तर्गत किसाननगर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मनोजकुमार महतोको गएराति मृत्यु भएको छ । बारा जिल्ला गोलबन्द–४ घर भएका प्रनानि महतोको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । विगत एक वर्षदेखि इलाका प्रहरी...

तीन मिनेट भाषण गर्न एक दिनको यात्रा

२०७० फागुन २३ गते ३:४७

गुल्मी, २३ फागुन– जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका हुन्छन् । त्यसमा पनि जिल्लाको समग्र योजना बनाउने विषयमा उनीहरुको मन्तव्यले विशेष अर्थ राख्छ । तर गुल्मीको सातौँ जिल्ला परिषद्मा भने त्यसो हुन सकेन । जिल्ला परिषद् कार्यक्रम तैयारी गर्ने निकाय जिल्ला विकास समितिको फितलो व्यवस्थापनले...

माओवादीको जिल्ला संयोजक भेला सुरु

२०७० फागुन २३ गते २:४३

काठमाण्डु, २३ फागुन – राष्ट्रिय सम्मेलनको तयारीका लागि एकीकृत नेकपा माओवादीका जिल्ला संयोजकको भेला काठमाण्डूमा शुरु हुँदैछ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जिल्ला संयोजकहरुको भेला बोलाइएको एकीकृत माओवादीले जनाएको छ । राष्ट्रिय सम्मेलन वैशाखमा हुने हुने भएको छ । भेलामा सम्मेलनको , विधान संसोधन...

एक जना बिद्यार्थी , तीनजना शिक्षक

२०७० फागुन २३ गते १:४१

लम्जुङ् , २३ फागुन – लम्जुङको दुराडाँडाको शान्ति सदन प्राथमिक बिद्यालय ओख्नेपानीमा एक बिद्यार्थीका लागि तीन जना शिक्ष्ँक कार्यरत छन् । बिद्यालयको कक्षा १देखि पाँचसम्म जम्मा तीन जना बिद्यार्थी छन् । तीनजना मात्रै बिद्यार्थी छन । उनीहरुलाई पढाउने शिक्षक पनि तीनै जना छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us