बम बिस्फोटमा बालक घाइते

काठमाण्डु टुडे २०७० फागुन २३ गते १०:२७ मा प्रकाशित

काठमाण्डु, २३ फागुन –बेवारीसे अवस्थामा रहेको बम विष्फोट हुँदा सिरहामा एक बालक घाईते भएका छन् ।

सिरहाको नरहा बलकवा–९ का गोविन्द सदायका ७ वर्षीय छोरा अजय कुमार सदाय बम विष्फोटमा परी गंभीर घाईते भएका प्रहरीले जनाएको छ ।

घर जनीकैको कलभर्ट मुनि बेवारीसे अवस्थामा रहेको पानमसलाको बट्टामा रहेको बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख पूर्णचन्द्र जोसीले जानकारी दिए ।

पान मसलाको बट्टा बालकले कलभर्टबाट ल्याएर खेलिरहेको अवस्थामा विष्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । बालकको हात, पेट, तिघ्रा चोट लागेको प्रहरीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us