समाचार

डाक्टरले सुत्केरीको पाठेघरमा कपडा छोडेपछि …

२०७० फागुन २५ गते १:५८

गुल्मी, २५ फागुन – सल्यक्रिया गरेर बच्चा निकाल्दा सुत्केरीको पेटमा कपडा (गजपिस) छोडको भन्दै तम्घास अस्पताल विरुद्ध जिल्ला प्रसाशन कार्यालय,गुल्मीमा उजुरी परेको छ । अर्खले–९ भाडगाउँकी ३४ वर्षीया राधा खत्रीको माघ २४ गते सल्यक्रिया गरी बच्चा निकालेपछि पेटभित्रै गजपिस छाडेकाले गम्भीर बिरामी भएको भन्दै...

प्याब्सन अध्यक्षमा केसी

२०७० फागुन २५ गते १:४७

काठमाडौँ, २५ फागुन – निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को बाह्रौँ राष्ट्रिय महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ । गएराति सम्पन्न निर्वाचनको मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गरेका थिए । प्रत्याशी टिआर ढकालले २४३ मत प्राप्त मात्रै पाए । वरिष्ठ उपाध्यक्षमा...

महिलालाई जिउँदै जलाएर मार्ने प्रयास

२०७० फागुन २४ गते १२:३५

सप्तरी, २४ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको छ । राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षिया नजराना खातुनलाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको हो । नजरानाका श्रीमान् गुडु...

एकताका लागि दबाब दिन खनालको आह्वान

२०७० फागुन २४ गते १२:१४

काडमाण्डु, २४ फागुन – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको नवौँ महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनका लागि दबाब सिर्जना गर्न समग्र पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । एमाले राप्ती अञ्चल सम्पर्क कमिटीद्वारा त्यस क्षेत्रका सभासद्को सम्मानका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग

२०७० फागुन २४ गते ९:४२

विराटनगर, २४ फागुन – नेपाली काँग्रेसकी महिला नेत्री सुजाता कोइरालाले लामो समयदेखि ठप्प रहेको स्थानीय निकायको विकास निर्माणको काम सुचारु गर्न अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएकी छिन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेत्री कोइरालाले संविधान जारी गर्ने बेलामा...

संविधानसभाले संविधान जारी गर्न सक्दैन : गुरुङ

२०७० फागुन २४ गते ९:३५

स्याङ्जा, २४ फागुन – नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले अहिलेको संविधानसभाले पनि संविधान जारी गर्न नसक्ने बताएका छन् । ‘संविधानसभाको निर्वाचन भएको यतिका दिन बितिसक्दा पनि दलहरू सामान्य मतभेद र आपसी कलहमा व्यस्त छन्’ क्रान्तिकारी पत्रकार महासङ्घ स्याङ्जाले वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव गुरुङले...

संविधान निर्माण प्रमुख आवश्यकता : घर्ती

२०७० फागुन २४ गते ९:१६

काठमाण्डु, २४ फागुन – संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगरले देशका सबैखाले विभेद्हरुको अन्त्यका लागि संविधान निर्माण प्रमुख आवश्यकता भएको बताएकी छिन् । सामाजिक लोकतन्त्र नामक मासिक पत्रिकाको संवाद डबलीमा विमोचन गर्दै उनले निर्माण गरिने संविधान परिवर्तनको संविधान हुनुपर्ने र त्यसले सम्पूर्ण जातजाति भाषाभाषीको अपनत्व गराउने...

एमाओवादी र मधेसवादीले संविधान बन्न दिएनन् : नेपाल

२०७० फागुन २४ गते ९:१३

जनकपुरधाम, २४ फागुन – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले एकीकृत माओवादी र मधेसवादी दलको बखेडाका कारण समयमा संविधान निर्माण हुन नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पहिलो संविधानसभाबाट संविधान निर्माण हुन...

घरेलु हिंसाबाट पन्ध्र सय ६९ महिला पीडित

२०७० फागुन २४ गते ८:४२

ललितपुर, २४ फागुन – यस वर्ष घरेलु हिंसाबाट एक हजार ५ सय ६९ जना महिला पीडित भएको एक प्रतिवेदनले देखाएको छ । १०४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) सो प्रतिवेदन सार्वजनिक गरेको हो । यस वर्ष...

काठमाण्डुमा पुनः अर्को विमानमा आगो लाग्यो

२०७० फागुन २४ गते ८:३३

काठमाण्डु, २४ फागुन – नेपाल वायुसेवा निगमको अन्तिम ट्विनअटर विमानमा आगो लागेको भोलिपल्टै इन्डिगो एयरलाइन्सको विमानमा पनि आगलागी भएको छ । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो । यद्यपी त्यसमा सवार १ सय...

एमाओवादी जिल्ला संयोजकहरुको भेला सम्पन्न

२०७० फागुन २४ गते ८:२१

काठमाण्डु, २४ फागुन – एमाओवादी राज्य तथा जिल्ला संयोजकहरुको भेला सम्पन्न भएको छ । राजधानीमा शुक्रबार र शनिबार चलेको भेला त्यसक्रममा आएका लिखित र मौखिक सुझावअनुसार केन्द्रीय संगठन विभागले आवश्यक निर्देश गर्ने निर्णयका साथ सम्पन्न भएको हो । साथै भेलाले जिल्लास्तरबाट आएको सुझावका आधारमा...

प्रचण्डकी पुत्री ज्ञानुको स्वास्थ्य अवस्था गम्भीर

२०७० फागुन २४ गते ८:०३

काठमाण्डु, २४ फागुन – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री ज्ञानु केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । करिब ८ वर्षदेखि स्तन क्यान्सरबाट पिडित ज्ञानुको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ । यसअघि दिल्लीको फोर्टिज अस्पतालमा उनको उपचार गराइएको थियो । ज्ञानुलाई गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us