प्याब्सन अध्यक्षमा केसी

काठमाण्डु टुडे २०७० फागुन २५ गते १:४७ मा प्रकाशित

laksya bdr kcकाठमाडौँ, २५ फागुन – निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को बाह्रौँ राष्ट्रिय महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

गएराति सम्पन्न निर्वाचनको मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गरेका थिए । प्रत्याशी टिआर ढकालले २४३ मत प्राप्त मात्रै पाए ।

वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डिके ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
महाधिवेशनको पारित घोषणापत्रहरु छिट्टै सार्वजनिक गरिने महासचिव ढुङ्गानाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us