समाचार

प्लसटु पढ्नेलाई मोटरसाइकल चलाउन रोक

२०७० फागुन २६ गते ५:१०

चितवन, २६ फागुन– जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई मोटरसाइकल र स्कुटर चलाउन रोक लगाएको छ । पछिल्लो समय हुने गरेका सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या बढी पाइएपछि कार्यालयले सवारी चालक अनुमतिपत्र भएपनि सवारी साधन चलाएमा कारबाही गर्ने भएको...

रमेश खरेललाई कारबाही माग गरेको होइन: नेविसंघ

२०७० फागुन २६ गते ४:२४

काठमाण्डु, २६  फागुन –नेपाल विद्यार्थी संघले काठमाण्डु प्रहरी प्रमुख रमेश खरेललाई कारबाही गर्न माग नगरेको दाबी गरेको छ । अध्यक्ष रञ्जित कर्णले आफ्नो संगठनले खरेललाई कारबाहीको माग नगरेको बताए । ‘प्रहरीको एसएसपीलाई कारबाही गर्ने निकाय नेविसंघ होइन’, कर्णले काठमाण्डु टुडेसँग भने, ‘कारबाही नै गर्नुपरे...

चीन विरोधी गतिविधि रोक्न सुरक्षा कडा

२०७० फागुन २६ गते २:४५

काठमाण्डु, २६ फागुन– सरकारले काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । आफूहरुको मुक्ति दिवसको अवसर पारेर तिब्बती शरणार्थीले चीनविरोधी गतिविधि गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । तिब्बती शरणार्थीले धर्म गुरु दलाइ लामा निर्वासित भएको दिनको स्मरण गर्दै हरेक वर्ष मार्च...

काँग्रेस–एमाले विवादले मस्यौदा निर्माण अन्यौलमा

२०७० फागुन २६ गते २:२५

काठमाण्डु, २६ फागुन– विवाद समाधानको प्रयास स्वरुप संविधानसभा मस्यौदा समितिको बैठक आज पनि बस्दैछ । अन्तिमपटक थपिएको समय भोलि सकिने भएपछि समिति सहमति निर्माणको अन्तिम प्रयासमा जुटेको हो । नयाँ संविधान प्रमाणीकरणको विषयलाई लिएर संविधानसभाका दुई ठूदा दल काँग्रेस र एमालेबीच जारी विवाद समाधान...

सानेपामा बाबुराम पक्षधर नेताको भेला

२०७० फागुन २५ गते १७:४७

काठमाण्डु–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनलाई राजनीतिक र संगठनात्मक कार्यदिशामा बनाउने थलो बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिने रणनीति बनाएका छन । गत माघ २ देखि १८ गतेसम्म काठमाण्डुमा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले आगामी वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय...

ट्रकको ठक्करबाट एकको मृत्यु

२०७० फागुन २५ गते १३:३३

पर्सा, २५ फागुन – वीरगन्ज बाइपास रोडस्थित हरियाली रेस्टुरेंन्ट अगाडि ट्रकको ठक्करबाट एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गण्डकबाट बसपार्कतर्फ आउँदै गरेको ना२ख ६८५९ नम्बरको ट्रकले ठक्कर दिँदा सोलखपुर निवासी श्याम थापाका छोरा २२ वर्षीय...

प्रधानमन्त्री कोइराला र खनालबीच भेटवार्ता

२०७० फागुन २५ गते १२:५३

काठमाण्डु, २५ फागुन – प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच भेटवाता भएको छ । खनाल निवास डल्लुमा भएको भेटमा स्थानीय निकायको निर्वाचन चाँडै गर्नेलगायतका समसामयिक विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले गत साता सम्पन्न बिम्स्टेक सम्मेलनकाबारेमा पनि अध्यक्ष...

रमेश खरेललाई कारबाही गर्न नेविसंघको माग

२०७० फागुन २५ गते ११:५६

काठमाण्डु, २५ फागुन – नेपाल विद्यार्थी संघले काठमाण्डुका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई तत्काल कारबाही गर्न माग गरेको छ । नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा गैर कानुनी ढंगले नेविसंघका नेताहरुलाई गिरफ्तार गरेको आरोप लगाउँदै नेविसंघले खरेललाई कारबाही गर्न माग गरेको हो । यही...

स्थानीय चुनावमा एमाओवादी सहभागी नहुने

२०७० फागुन २५ गते ११:४९

काठमाण्डु, २५ फागुन – एकीकृत माओवादीले संविधान जारी नभइ हुने स्थानीय चुनावमा सहभागी नहुने प्रष्ट पारेको छ । एमाओवादी नेता अग्नीप्रसाद सापकोटाले संविधान जारी नगरी स्थानीय चुनाव गरिए आफूहरु सहभागी नहुने बताए । रिपोटर्स क्लवले आइतबार गरेको साक्षात्कारमा बोल्दै सापकोटाले यथास्थितिमा स्थानीय चुनाव गराउन...

नारी दिवसको दिन जलाइएकी नजरानाको मृत्यु

२०७० फागुन २५ गते ११:१३

सप्तरी, २५ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो जलाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षिया नजराना खातुनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराती मृत्यु...

ओनसरीले एमाओवादी छाड्ने

२०७० फागुन २५ गते १०:४३

काठमाण्डु, २५ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले एकीकृत माओवादी छाड्ने भएकी छन् । पार्टीमा हिसिला यमीपछि वरिष्ठतम् महिला नेतृ घर्तीले एमाओवादी छाड्न लागेकी हुन् । उनी एमाओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तकी श्रीमतीसमेत हुन् । संविधानसभाको उपाध्यक्षले तथष्टताका लागि कुनै पनि...

ट्र्याक्टर दुर्घटनामा तीनको मुत्यु

२०७० फागुन २५ गते १०:२६

जाजरकोट, २५ फागुन – जाजरकोटको सीमा गाविसको मार्क बजारबाट सुर्खेतको रामकतिर जाँदै गरेको लु१च ८४२१५ नम्बरको ट्र्याक्टर सीमा गाविस वडा नं ९ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सीमा गाविस वडा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us