समाचार

बाह्र हजार स्वास्थ्यकर्मी पदस्थापनाको माग

२०७० फागुन २७ गते ८:२६

विराटनगर, २७ फागुन – निजामती स्वास्थ्यकर्मीहरुले बढुवाअनुसार आफूहरुको पदस्थापन हुनुपर्ने माग गरेका छन् । विराटनगरमा मंगलबार पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले उठाएका २३ बुँदे माग स्वास्थ्य मन्त्रालयबाट सम्बोधन नगरेमा चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा स्तरवृद्धि भएर अलपत्र भएका सम्पूर्ण स्वास्थ्यकर्मीको...

‘औचित्य पुष्टि नगरी शुल्क बढाउन मिल्दैन’

२०७० फागुन २७ गते ८:२४

काठमाण्डु, २७ फागुन – निजी विद्यालयले नयाँ शैक्षिकसत्रमा २० देखि २५ प्रतिशतसम्म शुल्क वृद्धिको तयारी गरे पनि त्यसको औचित्य पुष्टि नगरी शुल्क वृद्धि गरिए मान्य नहुने सरकारले जनाएको छ । काठमाण्डुका जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शुल्क निर्धारण समितिका संयोजक वैकुण्ठ अर्यालले यसअघि नै...

नयाँ संविधान प्रमाणीकरणको विवाद समाधान

२०७० फागुन २७ गते ७:५६

काठमाण्डु, २७ फागुन – नयाँ संविधानको प्रमाणिकणरका विषयमा काँग्रेस–एमालेबीच देखिएको विवाद समाधान भएको छ । संविधानसभा अध्यक्षले संविधान प्रमाणित गर्ने र राष्ट्रपतिको हस्ताक्षरसहित सार्वजनिक गर्ने सहमतिसँगै प्रमाणीकरणको विवाद समाधान भएको हो । काँग्रेस–एमालेबीच ‘प्रमाणीकरण’ शव्द नराख्ने सहमति पनि भएको छ । यसअघि कांग्रेसले सभाध्यक्षले...

नेविसंघ प्रहरीलाई अनुसन्धानमा सघाउन तयार

२०७० फागुन २७ गते ७:३६

काठमाण्डु, २७ फागुन – चौतर्फि आलोचनापछि नेपाल विद्यार्थी संघ पक्राउ परेका आफ्ना नेताहरुमाथि प्रहरीको अनुसन्धानमा सघाउन तयार भएको छ । नेविसंघ अध्यक्ष रञ्जित कर्णले मंगलबार एक विज्ञप्ति जारी गरि प्रहरीको अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाएका हुन् । ‘केही दिन अगाडि पक्राउ गरिएका विद्यार्थी नेताहरुको विषयमा...

प्रक्रिया पुर्याएर चाँडै स्थानीय चुनाव : सिंह

२०७० फागुन २७ गते ६:५४

कञ्चनपुर, २७ फागुन – उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया पु¥याएर चाँडै स्थानीय निकायको चुनाव गरिने बताएका छन् । प्रेस युनियन कञ्चनपुर शाखाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले स्थानीय निकायको चुनावका लागि स्थानीय...

प्रहरी प्रधान कार्यालयमा गृहमन्त्रीको निर्देशन

२०७० फागुन २७ गते ६:२७

 काठमाण्डु,  २७ फागुन –बामदेव उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मुलुकको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकसहित पाँचै विकास क्षेत्रका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री गौतमले आज प्रहरी प्रधान कार्यालय नक्साल पुगी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सबै उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।...

नयाँ शैक्षिक शत्रमा कितावको हाहाकार हुने

२०७० फागुन २७ गते ४:४९

काठमाण्डु, २७ फागुन –आगामी शैक्षिकसत्रका लागि आवश्यक विद्यालय तहका पाठ्यपुस्तकको छपाइ गर्न जनक शिक्षा सामग्री केन्द्रले नभ्याउने भएको छ । जनकले नभ्याउने भएपछि साझा प्रकाशन, मुद्रण विभाग र गोरखापत्र संस्थानलाई पनि छपाइको जिम्मेवारी दिएको छ । केन्द्रको सञ्चालक समितिको बैठकको निर्णयअनुसार ती निकायलाई छपाइको...

न्यूनतम साझा कार्यक्रम छिट्टै

२०७० फागुन २७ गते ३:०६

काठमाण्डु, २७ फागुन – सरकारले न्युनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने गृहकार्यमा जुटेको छ । सरकारका काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारीमा सरकार जुटेको हो । यस अघि हिजो बसेको मन्त्रीमपरिषदको बैठकले पनि चाडो भन्दा चाडो न्युनतम्...

दुर्घटनामा एउटै गाउँका सातको मृत्यु ( नाम, ठेगाना सहित)

२०७० फागुन २७ गते २:४१

दाङ, फागुन २७ –गएराति दाङमा भएको जीप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । तुल्सीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा. ११. च ११०८ नम्वरको जीप गएराति दुर्घटना भएको हो । दुर्घटनामा ज्यान जानेहरु फूलवारी ६ बखरियाका खड्गबहादुर...

मस्यौदा समितिले विवादित विषयको आज टुंगो लगाउने

२०७० फागुन २७ गते २:२५

काठमाण्डु, २७ फागुन –संविधानसभा, व्यवस्थापिका संसद नियमावली मस्यौदा समितिले विवादित विषयहरुको आज टुंगो लगाउने भएको छ । नयाँ संविधानलाई प्रमाणीकरण कसले गर्ने, ककस गठन गर्न पाउने कि नपाउने र संविधानसभामा ह्वीप लाग्ने की नलाग्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद देखिएको थियो । नयाँ संविधानको...

श्रीमति र दुई सन्तानलाई जिउदै मार्ने प्रयास

२०७० फागुन २७ गते २:१३

सल्यान, २७ फागुन । सल्यानको कुपिण्डेदह गाविसका श्रीमान्ले श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् । कुपिण्डेदह–२ आगरनेटाका ३२ वर्षीय ठगे कवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरुलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् । दुईवटी श्रीमती विवाह गरेका...

सर्वपक्षीय सम्मेलन उत्तम विकल्प : थापा

२०७० फागुन २६ गते १२:०३

काठमाण्डु, २६ फागुन – नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले राजनीतिक समाधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन नै उत्तम विकल्प भएको बताएका छन् । ललितपुरमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई राजनीतिक रुपमा अगाडि बढाउने हो भने नयाँ संयुक्त सरकार गठन हुनुपर्ने बताए । कार्यक्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us