काठमाण्डु, २८ फागुन – सरकार गठनको एक महिना वितसक्दा पनि प्रधानमन्त्रीले तत्परता नदेखाएकोले साना दलहरुलाई समावेश गरेर मन्त्रिपरिषदलाई पुर्णता दिन ढिलाई भएको आरोप साना दलहरुले लगाएका छन्। सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले दश-दशवटा मन्त्रालय भागबन्डा गरिसकेपछि बाँकी रहेको मन्त्रालय साना दलहरुलाई दिने...
काठमाण्डु, २८ फागुन –नेकपा माओबादीले आफना माग पूरा गराउन आजदेखि मागपत्र सार्वजनिक गरेर आगामी चैत्र २४ गते देखि सडक संर्घसमा उत्रिने तयारी गरेको छ । माग पत्रमा संबिधानसभाको बिघटन, सरकार बिघटन, राष्टिय राजनीतिक सम्मेलन लगायतका माग उल्लेख गरेको प्रबत्ता पम्फा भुसालले जानकारी दिइन् ।...
काठमाण्डु, २८ फागुन –दुग्ध विकास संस्थान डिडिसीले आजदेखि लाग हुने गरी दुधको मुल्य बढाएको छ । संस्थान सञ्चालक समितीले उपभोक्ताका लागि दुधको भाउमा प्रति लिटर ६ र ८ रुपैयाका दरले बृद्धि गरेको छ । उपभोत्ताले २५ रुपैयामा किन्दै आएको निलो रङको आधा लिटरको प्याकेटलाई...
काठमाण्डु, २८ फागुन –नेकपा एमालेले महाधिवेशन कार्यतालिकालाई अन्तिम रुप दिने तयारीमा जुटेको छ । आज बस्ने स्थायी कमिटीको बैठकले कार्यतालिकाको टुंगो लगाउने छ । बैठकमा नवौं महाधिवेशनको तयारीका बिषयमा छलफल हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीले जानकारी दिए । महाधिबेशन आगामी जेठ २४ गतेबाट...
काठमाण्डु, २८ फागुन – सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमभित्र मुख्य स्थानीय निर्वाचन र संविधान निर्माण परेका छन् । काँग्रेस र एमालेले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने गरी न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । निर्वाचन क्षेत्र र स्थानीय निकायमा...
गोरखा, २८ फागुन । स्वाँरा–६ स्थित दन्दरे पातल सामुदायिक वनमा बेवारिसे अवस्थामा फेला परेको डिटोनेटर बम विस्फोट हुँदा दुई बालक घाइते भएका छन् । माझथर मावि स्वाँरामा अध्ययन गरेर विद्यालय छुट्टीपछि वनमा दाउरा खोज्न जाने क्रममा वनमा नयाँ वस्तु फेला परेपछि नजिकै रहेको आगोमा...
काठमाण्डु, २७ फागुन – सरकारले पूर्वाञ्चलको वराह क्षेत्रको चतराधाममा आगामी चैत १७ देखि वैशाख १९ गतेसम्म आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल पार्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा मंगलबार भएको बैठकमा मेला सफल पार्न...
काठमाण्डु, २७ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले अवलम्बन गरेको उदार अर्थनीतिलाई वर्तमान सरकारले निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात नेतृत्वको टोलीसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले आर्थिक विकासका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आफू प्रतिबद्ध...
काठमाण्डु, २७ फागुन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वि.सं २०७० मंसिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षको (आंशिक मौका) परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsanasr.com, www.edusanjal.com & www.tu.ntc.nep.np मा पनि हेर्न सकिने छ...
काठमाण्डु, २७ फागुन – संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले एक वर्षभित्र संविधान निर्माणका लागि सञ्चार जगतलगायत सबै पक्षको साथ र सहयोग हुनुपर्नेमा जोड दिएकी छिन् । संविधानसभा तथा व्यवस्थापिका–संसद्को समाचार सङ्कलन गर्ने विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीसँग सुझाव लिने क्रममा उनले नेपाली जनताको चाहना र भावनाअनुसार संविधान...
तेह्रथुम, २७ फागुन – टर्वाइनमा खराबी आएपछि आठ्ठराई ह्वाकूको चियाखोला लघुजलविद्युत् परियोजनामा दुई सातादेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् उत्पादन नहुँदा ह्वाकू १, २ र ४ का २४० घरधुरी अन्धकारमा परेका छन् । टर्वाइनको डायर जलेपछि फागुन १२ गतेदेखि विद्युत् उत्पादन अवरुद्ध भएको...
भद्रपुर, २७ फागुन – विभिन्न क्षेत्रमा आबद्ध झापाली अगुवाहरुले जिल्लाका द्वन्द्व क्षेत्रहरुको पहिचान गरेका छन् । संवाद समूहको आयोजनामा विर्तामोडमा मंगलबार आयोजित कार्यक्रममा संवेदनशील द्वन्द्व र समस्यालाई समयमै सहज बनाउन सरकार र सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा उनीहरुले जोडसमेत दिएका छन् । सो अवसरमा सभासद्...