के के छन् न्यूनतम साझा कार्यक्रमभित्र !

काठमाण्डु टुडे २०७० फागुन २८ गते २:२१ मा प्रकाशित

singh durbarकाठमाण्डु, २८ फागुन – सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमभित्र मुख्य स्थानीय निर्वाचन र संविधान निर्माण परेका छन् ।

काँग्रेस र एमालेले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउने गरी न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् ।

निर्वाचन क्षेत्र र स्थानीय निकायमा जाने बजेट बढाउनेलगायत नीति लिइने कार्यक्रम निर्माणमा संलग्न नेताहरुले जनाएका छन् ।

अर्थमन्त्री रामशरण महतले कार्यक्रममा एक बर्षभित्र संविधान, सुशासन, र बिकास निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

कार्यक्रमभित्र अनावश्यक खर्च काटौती, भोजभतेर, तडकभडक नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, लगानीको वातावरण, र शान्ति सुरक्षा जस्ता कार्यक्रम रहेका छन् । सरकारका प्रवक्ता मिनेन्द्र रिजालका अनुसार बिहिबारसम्म कार्यक्रम सार्वजनिक भइसक्नेछ ।

कार्यक्रममा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

सडक, रेल्वे, बिमानस्थल निर्माण, टेलिफोन सञ्जाल, विस्तारलगायतका कार्यक्रम रहेका छन् न्यूनतम साझा कार्यक्रमभित्र ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us