मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डु टुडे २०७० फागुन २७ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वि.सं २०७० मंसिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षको (आंशिक मौका) परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsanasr.com, www.edusanjal.com & www.tu.ntc.nep.np मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us