बम विस्फोट हुँदा दुई बालक घाइते

काठमाण्डु टुडे २०७० फागुन २८ गते २:०३ मा प्रकाशित

गोरखा, २८ फागुन । स्वाँरा–६ स्थित दन्दरे पातल सामुदायिक वनमा बेवारिसे अवस्थामा फेला परेको डिटोनेटर बम विस्फोट हुँदा दुई बालक घाइते भएका छन् ।
माझथर मावि स्वाँरामा अध्ययन गरेर विद्यालय छुट्टीपछि वनमा दाउरा खोज्न जाने क्रममा वनमा नयाँ वस्तु फेला परेपछि नजिकै रहेको आगोमा लगेर पोल्ने क्रममा विस्फोट भएको र नजिकै रहेका दुई बालक घाइते भएका हुन् ।
एउटा वस्तु आगोमा पड्किएपछि अर्को वस्तु पनि आगोनजिकै लाने क्रममा हातमा नै पड्किएको बालकलाई उद्धृत गर्दै सन्तबहादुर बरामले बताए ।
घाइते हुनेहरुमा १२ वर्षीय सचिन वराम र ११ वर्षीय ज्ञानबहादुर बराम रहेका छन् ।

सचिन र ज्ञानबहादुर माझथर माविमा कक्षा ५ र ४ मा अध्ययनरत छन ।
सचिनको हत्केला र आँखानजिकै चोट लागेको छ भने अर्का घाइतेको दाँहिने घुँडामा चोट लागेको छ ।
घाइते दुवैलाई गोरखा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौको वीर अस्पताल रिफर गरिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको वीर अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us