समाचार

नियमावली मस्यौदा संविधानसभामा पेश

२०७० फागुन २९ गते २:४६

काठमाण्डु, २९ फागुन –संबिधानसभा नियमावली मस्यौदा समितीले तयार पारेको निवयमावली मस्यौदा संविधानसभामा पेश भएको छ । संविधान सभाको विहीबारको बैठकमा मस्यौदा समितिले तयार गरेको नियमावली मस्यौदा पेश गरिएको हो । मस्यौदा समितिमा लामो समयपछि संविधानको प्रमाणिकरण, संविधानसभामा ककसको व्यवस्था तथा ह्विप लगाउने विषयमा सहमति...

आर्थिक अभावमा चार वर्षदेखि अस्पताल बन्द

२०७० फागुन २९ गते १:२८

तनहुँ, २९ फागुन –तनहुँको सतिश्वरा गाविसको चन्द्रवती सामुदायिक अस्पताल चार वर्षदेखि आर्थिक अभावका कारण बन्द भएको छ । स्वास्थ्य सेवाका लागि भन्दै स्थानीयले सञ्चालन गरे पनि आर्थिक स्रोत नहुँदा र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा अस्पताल बन्द भएको अस्पताल सञ्चालक समितिका सचिव देशबन्धु खड्काले बताए...

प्रधानमन्त्री कोइराला र कमल थापाबीच भेटवार्ता

२०७० फागुन २८ गते १३:२१

काठमाण्डु, २८ फागुन – प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । कोइरालालाई भेट्न थापा साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले...

प्रचण्ड र भट्टराईबीच भेट

२०७० फागुन २८ गते १३:२०

काठमाण्डु, २८ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेता बाबुराम भट्टराईबीच बुधबार भेट भएको छ । भट्टराईले केही दिनअघि आफू पक्षधर नेताको भेलामा नयाँ शक्ति बनाएर अघि बढ्ने प्रस्ताव राखेको समाचार बाहिर आएपछि प्रचण्डले भट्टराईलाई आफ्नै निवास लाजिम्पाट बोलाएर भेटेका हुन् ।...

निःशुल्क र अनिवार्य शिक्षा ऐन चाँडै आउने

२०७० फागुन २८ गते १३:०३

काठमाडु, २८ फागुन – शिक्षा मन्त्रालयले निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी ऐनलाई चाँडै व्यवस्थापिका – संसद्मा प्रस्तुत गर्ने भएको छ । ‘सबैका लागि शिक्षा’ का लागि सन् २०१५ पछिका सवालबारे आज शिक्षा मन्त्रालय, शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ र युनेस्को नेपालद्वारा आयोजित परामर्श कार्यशालामा मन्त्रालयका...

संविधानसभा नियमावली मस्यौदा सभाध्यक्षको हातमा

२०७० फागुन २८ गते १३:००

काठमाण्डु, २८ फागुन – संविधानसभा र व्यस्थापिका–संसदको कार्यासञ्चालन नियमावलीको मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको छ । मस्यौदा समितिले बुधबार दुबै नियमावली पारित गरेर सभाध्यक्ष नेम्वाङलाई बुझाएको हो । समिति सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले मस्यौदा पारित गरेको हो । समितिबाट पारित दुवै नियमावलीको...

औपचारिक समारोहमा नजाने सभाध्यक्षको घोषणा

२०७० फागुन २८ गते १२:४५

काठमाण्डु, २८ फागुन – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अपवादबाहेक औपचारिक सभा समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । बुधबार राजधानीमा आयोजित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको १२ औँ वार्षिकोत्सव समारोहमा उपस्थित भएका अध्यक्ष नेम्वाङले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । यसपटक पनि संविधानसभाको...

एमालेको नवौं महाधिवेशन कार्ययोजना पारित

२०७० फागुन २८ गते १२:२४

काठमाण्डु, २८ फागुन – नेकपा एमालेले आगामी जेठ २४ गतेदेखि हुने नवौं महाधिवेशनको कार्ययोजना पारित गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले महासचिव ईश्वर पोखरेल संयोजकत्वको कार्यदले तयार पारेको महाधिवेशन कार्ययोजना पारित गरेको हो । बैठकले चैत १५ गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने, चैत...

जिल्ला परिषदमा झडप, दुईको अवस्था गम्भीर

२०७० फागुन २८ गते ११:०८

कालीकोट, २८ फागुन – सत्रौँ जिल्ला परिषद्को बन्दसत्रको पहिलो दिन प्रतिनिधिको विषयमा छलफल भइरहेका बेला प्रहरीबाट  भएको लाठी प्रहारबाट दुई महिला पार्षद्को अवस्था गम्भीर बनेको छ । यस घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अन्तरपार्टी महिला सञ्जाल कालीकोटकी सहसचिव कृष्णाकला...

जेठमा स्थानीय चुनाव हुनै सक्दैन : पुन

२०७० फागुन २८ गते १०:२९

काठमाण्डु, २८ फागुन – एकीकृत माओवादीका नेता वर्षामान पुनः अनन्तले जेठमा स्थानीय निकायको निर्वाचन हुनै नसक्ने बताएका छन् । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको साझात्कारमा बोल्दै पुनले काँग्रेस र एमालेले सस्तो लोकप्रियताको लागि जेठमा निर्वाचन गर्ने कुरा गरिरहेको आरोप लगाए । राज्यको पुर्नसंरचना नगरी...

स्थानीय चुनावले संविधान लेखनमा अवरोध पुग्दैन : रिजाल

२०७० फागुन २८ गते १०:२१

चितवन, २८ फागुन – सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले सरकारले साझा सहमतिको न्यूनतम कार्यक्रम ल्याएलगत्तै स्थानीय निकायको निर्वाचनको मिति तय गर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले भोलिसम्ममा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहेको...

चोरेर ताडी पिउँदा ११ जना सिकिस्त बिरामी

२०७० फागुन २८ गते १०:१७

महोत्तरी, २८ फागुन – महोत्तरीको फुल्हट्टा परिकौली गाविसमा बुधबार विषादीयुक्त ताडी पिउँदा ११ जना सिकिस्त बिरामी परेका छन् । बिरामी हुनेमा परिकौली फुल्हट्टा गाविस–९ बस्ने १६ वर्षीय  विजय महतो, २६ वर्षीया कोशिला देवी, ३० वर्षीया गीता चौधरी,  १४ वर्षीय उमेश चौधरी, नौ वर्षीय कमलेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us