नियमावली मस्यौदा संविधानसभामा पेश

काठमाण्डु टुडे २०७० फागुन २९ गते २:४६ मा प्रकाशित

ca houseकाठमाण्डु, २९ फागुन –संबिधानसभा नियमावली मस्यौदा समितीले तयार पारेको निवयमावली मस्यौदा संविधानसभामा पेश भएको छ ।

संविधान सभाको विहीबारको बैठकमा मस्यौदा समितिले तयार गरेको नियमावली मस्यौदा पेश गरिएको हो ।

मस्यौदा समितिमा लामो समयपछि संविधानको प्रमाणिकरण, संविधानसभामा ककसको व्यवस्था तथा ह्विप लगाउने विषयमा सहमति भएपछि संविधानसभामा मस्यौदा पेश भएको हो ।

मस्यौदा पेश भएपछि संविधानसभालाई नयाँ निवयमावली बनाउन बाटो खुलेको छ ।

संविधानसभाको माघ २९ गते बसेको बैठकले लक्ष्मणलाल कर्णको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो ।

संविधानसभा नियमावली मस्यौदा यसअघि बुधबार समितिका संयोजक लक्ष्मणलाल कर्णले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us