समाचार

प्रहरीका दुई सई अख्तियारको हिरासतमा

२०७० फागुन २९ गते १२:३२

काठमाण्डुमा कार्यरत दुई प्रहरी नायव निरीक्षक (सई) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका सई प्रकाशबहादुर मल्ल र महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई रुद्रराज पौड्याललाई नियन्त्रणमा लिइएर विशेषमा मुद्दा चलाईएको अख्तियारले जनाएको छ ।...

सिंहका परिवार भन्छन्, ‘खरेलले दुःख दिए’

२०७० फागुन २९ गते ११:०९

काठमाण्डु, २९ फागुन – प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्तिका परिवारले काठमाण्डुका प्रहरी प्रमुख एसएसपी रमेश खरेलले ओहोदाको दुरुपयोग गरेको आरोप लगाएका छन् । प्रकाशचन्द्र बस्नेत र उनकी श्रीमतीको अपहरण प्रयासको आरोपमा पक्राउ परेर महानगरीय प्रहरी परिसर हनुमान ढोकामा रहेका महेशबहादुर सिंहको परिवारले प्रहरीले ओहोदाको...

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२०७० फागुन २९ गते १०:४९

काठमाण्डु, २९ फागुन – राष्ट्रपति डा. रामवरणसमक्ष आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा चार वटा मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति समक्ष नेपालका लागि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदूत किम योङ हक, स्लोभानियाका दर्जा वाभदेज कुरेट, सुडानका हसन एल तालिव...

नब्बे वर्षका वृद्ध लुटिए

२०७० फागुन २९ गते ९:२२

गोरखा, २९ फागुन – गोरखाको लापु गाविसस्थित नौली खोलामा विहीबार बिहान एक वृद्ध लुटिएका छन् । भूपू भारतीय पेन्सनर ९० वर्षीय नरबहादुर गुरुङ बिहान ९ बजे लुटिएका हुन् । गोरखामा चलिरहेको पेन्सन क्याम्पबाट फागुन २७ गते पेन्सन लिएर गुम्दा वडा नं ६ स्थित माझगाउँ...

प्रहरी र तस्करबीच गोली हानाहान

२०७० फागुन २९ गते ९:१२

लहान, २९ फागुन – सिरहाको जमदह र मुक्सार गाविसको सीमा गागन खोलामा विहीबार बिहान १ः३० बजेतिर गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । प्रतिबन्धित लागुऔषध गाँजा बोकेर भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी...

वैद्यले भने, ‘प्रचण्डसँग कार्यगत एकताको ढोका खुल्यो’

२०७० फागुन २९ गते ८:२७

काठमाण्डु, २९ फागुन – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले दुई माओवादीबीच कार्यगत एकताको ढोका खुलेको बताएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्त वक्तव्य जारी गरेका वैद्यले पार्टी मुख्यालय वुद्धनगरमा विहीबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘शान्ति सम्झौताको कार्यान्वयन र स्थानीय निकायको...

नीति तथा कार्यक्रम मन्त्रिपरिषदद्वारा पारित

२०७० फागुन २९ गते ८:०४

काठमाण्डु, २९ फागुन – सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले साझा न्यूनतम कार्यक्रम परिमार्जनसहित पारित गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए । नीति तथा कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने सरकारको तयारी...

एउटै इनारमा ९२ घरपरिवार निर्भर

२०७० फागुन २९ गते ७:३५

सिरहा, २९ फागुन – चुरे विनासको असरका कारण सिरहाको उत्तरवर्ती गाविसहरुमा खानेपानीको गम्भीर सङ्कट देखापरेको छ । पानीको सबै स्रोत सुकेपछि लालपुर–५ गुरुधामका अर्जुन थपलिया रु चार लाखको लागतमा हालै नयाँ प्रविधिबाट इनार खनाएका छन् । सो इनारमा स्थानीय ९२ घरपरिवारका करिब ३०० जना...

विवाहको नाटक गरी किशोरी बलात्कार गर्नेविरुद्ध मुद्दा

२०७० फागुन २९ गते ७:२५

राजविराज, २९ फागुन – सप्तरीकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ । बलात्कारको आरोपमा गिरफ्तार धनुषा जिल्ला गोपालपुर गाविस–९ हारसरका ४० वर्षीय कलाम राइनविरुद्ध आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको...

नजिकिँदै दुई माओवादी, प्रचण्ड र वैद्यको संयुक्त वक्तव्य

२०७० फागुन २९ गते ६:५०

काठमाण्डु, २९ फागुन – एकीकृत माओवादी र नेकपा–माओवादीले संयुक्त विज्ञप्ति जारी गरेर जनयुद्धकालीन मुद्दाहरु नव्यूँताउन सरकारलाई चेतावनी दिएका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संयुक्तरुपमा हस्ताक्षर गरेको वक्तव्यमा शान्ति सम्झौता विपरित द्वन्द्वकालीन मुद्दा नव्यूँताउन माग गरिएको छ...

भारतीय सेना प्रमुख नेपालमा

२०७० फागुन २९ गते ४:०७

काठमाण्डु, २९ फागुन –भारतीय सेना अध्यक्ष बिक्रम सिंह दुइ दिने औपचारिक भ्रमणका लागी आज नेपाल आउदै छन् । नेपाली सेनाका प्रवक्ता जगदिसचन्द्र पोखरेलका अनुसार प्रबत्ता पोखरेलका अनुसार रुपन्देहीको सालझण्डी स्थित एकीकृत सैनिक तालिम केन्द्रमा नेपाली नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सूर्यकिरण—६ अवलोकनमा सहभागी...

नेपालमा तीस लाख मृगौला रोगी

२०७० फागुन २९ गते ३:२२

काठमाण्डु, २९ फागुन – मृगौला दिवस आज विश्व मृगौला दिवश । मिर्गौला रोगविरुद्ध विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइदैछ । नेपालमा करिब ३० लाखको संख्यामा मिर्गौला रोगी रहेको चिकित्सकहरुको अनुमान छ । चिकित्सकहरुका अनुसार बार्षिक करिब ३ हजार मृगौला रोगी बिरामीको प्रत्योरोपण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us