नीति तथा कार्यक्रम मन्त्रिपरिषदद्वारा पारित

काठमाण्डु टुडे २०७० फागुन २९ गते ८:०४ मा प्रकाशित

singh durbarकाठमाण्डु, २९ फागुन – सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले साझा न्यूनतम कार्यक्रम परिमार्जनसहित पारित गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

नीति तथा कार्यक्रम सोमबारसम्म सार्वजनिक गर्ने सरकारको तयारी छ ।

साथै बैठकले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरु संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

यसैबीच मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकले मन्त्रीहरुको सम्पत्ति १५ दिनभित्र सार्वजनिक गर्ने भनेकामा अबको दुई÷तीन दिनभित्र सबै मन्त्रीको सम्पत्ति सार्वजनिक गरिने मन्त्री डा. रिजालले बताएका छन् ।

‘मन्त्रीहरुको सम्पत्ति विवरण मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने क्रम लगभग सकिएको छ, बेग्लाबेग्लैभन्दा एकैचोटि सार्वजनिक गर्ने सोचअनुरुप दुई÷तीन दिनभित्र वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक हुन्छ,’ मन्त्री डा. रिजालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us