
काठमाण्डु, २९ फागुन – मृगौला दिवस आज विश्व मृगौला दिवश ।
मिर्गौला रोगविरुद्ध विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइदैछ ।
नेपालमा करिब ३० लाखको संख्यामा मिर्गौला रोगी रहेको चिकित्सकहरुको अनुमान छ ।
चिकित्सकहरुका अनुसार बार्षिक करिब ३ हजार मृगौला रोगी बिरामीको प्रत्योरोपण गर्नुपर्ने अवस्था छ । जसमध्ये करिब ३ सय जनाको मात्रै स्वदेशमा र विदेशमा मिर्गौला प्रत्योरोपल हुने गरको छ ।
खानपान र जीवनशैलाीमा ध्यान दिए यो रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ । एक अध्ययनअनुसार नेपालमा धेरै मृगौला रोगी हरु आफ्नो मृगौला फेल भइसकेपछि मात्र अस्पताल जाने गर्दछन् ।
यसैबिच मिर्गौला दिवसका अवसर पारेर काठमाण्डौँ महानगरपालिकाले आफ्ना ३५ वटै वडा कार्यलयमा निशुल्क मिर्गौला परीक्षण गर्दैछ ।
महानगरपालिकाले आज दिउसो ३ बजे राष्ट्रिय सभागृहमा सो अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।
आजबाट हरेक साता वडामा शिविरमार्फत मिर्गौला रोगको परिक्षण गरिने महानगरपालिकाले जनाएको छ ।