विवाहको नाटक गरी किशोरी बलात्कार गर्नेविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०७० फागुन २९ गते ७:२५ मा प्रकाशित

pakrau-arrestराजविराज, २९ फागुन – सप्तरीकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ ।

बलात्कारको आरोपमा गिरफ्तार धनुषा जिल्ला गोपालपुर गाविस–९ हारसरका ४० वर्षीय कलाम राइनविरुद्ध आज जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

आरोपितले बालिकासँग गत फागुन २ गते विवाहको नाटक गरी बलात्कार गरेको भन्दै प्रहरीले आरोपितलाई गत फागुन ४ गते राजविराज नपा–२ स्थित पीडितकै घरबाट गिरफ्तार गरेको थियो । पीडित र आरोपितलाई फागुन ४ गते राजविराज नपा–३ स्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us