काठमाण्डु, ३० फागुन – नेकपा एमाले नवौँ राष्ट्रिय महाधिवेशन (२०७१ जेठ–२४–३१ गते) दस्तावेज मस्यौदा समितले केन्द्रीय समितिबाट सुझाव लिने भएको छ । दस्तावेज समितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय र विभाग र पार्टीसम्बद्ध जनसङ्गठन तथा स्थानीय पार्टी समितिबाट दस्तावेजमा समावेश गर्नुपर्ने...
डोल्पा, ३० फागुन – सरकारका मन्त्रीहरु र सत्तारुढ दलहरुले समेत आगामी जेठमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले तत्काल चुनाव नहुने बताएका छन् । एमाले डोल्पाको पाँचौं जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका गौतमले ६ महिनाभित्र स्थानीय चुनाव सम्भव नभएको...
काठमाण्डु, ३० फागुन – प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मार भ्रमण गर्दा प्राप्त गरेको भ्रमणभत्ता फिर्ता गरेका छन् । बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा उनले नियमानुसार प्राप्त गरेको ६५० अमेरिकी डलर...
ललितपुर, ३० फागुन – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायको निर्वाचन चाँडो हुनुपर्नेमा जोड दिएका छन् । एमाले ललितपुर ३ नम्वर क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकास निर्माणका काम अपेक्षितरुपमा हुन नसकेको बताए । स्थानीय निकायको...
काठमाण्डु, ३० फागुन – सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र अड्किएका ईखबहादुर बुढासहित पाँचजना कामदारलाई प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त सुरुङमा गएराति विद्युत सर्ट हुँदा त्यहाँ काम गर्ने मजदुर अड्किएका थिए । सो को जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ०३:४०...
काठमाण्डु, ३० फागुन – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा अहिलेको प्रमुख आवश्यकता राजनीतिक स्थायीत्व भएको बताएका छन् । लुम्बिनी पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा बोल्दै रेग्मीले जनअपेक्षा अनुरुप संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गरे । आफ्नो सरकारले एक वर्षभित्रै संविधानसभाको निर्वाचन सम्पन्न गर्न सफल...
विराटनगर, ३० फागुन – मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६० जनाको सवारी चालक प्रमाणपत्रमा जिल्ला ट्राफिक कार्यालयमा मोरङले प्वाल पारिदिएको छ । दुई महिनाको अवधिमा विराटनगरका विभिन्न स्थानमा मापसे गरी सवारी साधन चलाउनेहरुको प्रमाणपत्रमा प्वाल पारिएको हो । माघ महिनामा ४१ जना...
इटहरी, ३० फागुन – सुनसरी जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको कारोबार गर्दै आएको अभियोगमा प्रहरीको उच्च खोजीको सूचीमा रहेका भारतीय नागरिक नन्दकिशोर मेहतालाई सीमावर्ती क्षेत्र श्रीपुर जब्दीबाट पक्राउ गरिएको छ । ठूलो परिमाणमा लागुऔषधसहित सुनसरी प्रवेश गरेको भन्ने सुराकीका आधारमा प्रहरीले पक्राउ गरेका भारतीय...
काठमाण्डु, ३० फागुन – होली पर्वका बेला उपत्यकामा जथाभावी सवारी चलाउँदा हुने दुर्घटना रोक्न महानगरीय ट्राफिक प्रहरीले विशेष अभियान चलाउने भएको छ । होली पर्वलाई दुर्घटना शून्य बनाउने अभियानअन्तर्गत ट्राफिक प्रहरीले यो अभियान ल्याएको हो । हेल्मेट नलगाउने, तोकिएको भन्दा बढी यात्रु चढ्ने, छतमा...
काठमाण्डु, ३० फागुन – पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको चौतर्फि विरोध सुरु भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १० तथा डिजल र मट्टितेलमा ६–६ रुपैयाँ वृद्धि गरेको थियो । मूल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीले...
काठमाण्डु, ३० फागुन – ऊर्जामन्त्री राधा ज्ञवालीले लोडसेडिङ अन्त्य गर्न नयाँ प्रविधी ल्याउने तयारी भईरहेको खुलासा गरेकी छिन् । रिपोर्टर्स क्लवमा शुक्रबार आयोजित साक्षत्कारमा बोल्दै उनले उज्यालो हुने बित्तिकै निभ्ने र अध्यारो हुने बित्तिकै बल्ने सडक बत्तीको प्रविधी ल्याउन लागेको जानकारी दिईन् । त्यो...
पर्सा, ३० फागुन – पर्साको अमरदेवपट्टी गाविस–६ का नवल सहनीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेकी नवलकी पत्नीको वयानका आधारमा पत्नी प्रर्मिला देवी र उनका प्रेमी दिपा सहनी मिलेर हत्या गरेको रहस्य खुलेको हो । करिब पाँच वर्षदेखि दिपा र प्रर्मिलाको...