सुरुङभित्र अड्किएका पाँच कामदारको सकुशल उद्धार

काठमाण्डु टुडे २०७० फागुन ३० गते १२:०७ मा प्रकाशित

काठमाण्डु, ३० फागुन – सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र अड्किएका ईखबहादुर बुढासहित पाँचजना कामदारलाई  प्रहरीले सकुशल उद्धार गरेको छ ।

उक्त सुरुङमा गएराति विद्युत सर्ट हुँदा त्यहाँ काम गर्ने मजदुर अड्किएका थिए । सो को जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ०३:४० बजे उनीहरूलाई उद्धार गरेको हो । छ सदस्यीय उक्त टोलीले सबैलाई सकुशल उद्धार गरेको जनाइएको छ ।

यसैबीच सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको  निचुता–७ का लालबहादुर महतो र तेलगाह–३ का रामचन्द्र शाहलाई २५ ग्राम ब्राउनसुगरसहित चावहिलबाट पक्राउ गरेको छ ।

त्यस्तै कैलालीको जुगेडा गाविस निवासी किरण थापासहित तीनजना रेडपाण्डाको छाला बिक्री गर्न हिँडेको अवस्थामा त्रिदेवीमार्गस्थित कर्मचारी सञ्चय कोष भवन अगाडिबाट पक्राउ परेका छन् ।

अभियुक्त सबैलाई हिरासतमा राखेर आवश्यक कारबाही थालिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us