उर्जामन्त्री भन्छिन्, ‘लोडसेडिङ घटाउन नयाँ प्रविधि ल्याउँदैछु’

काठमाण्डु टुडे २०७० फागुन ३० गते ८:३१ मा प्रकाशित

Radha Gyaliकाठमाण्डु, ३० फागुन – ऊर्जामन्त्री राधा ज्ञवालीले लोडसेडिङ अन्त्य गर्न नयाँ प्रविधी ल्याउने तयारी भईरहेको खुलासा गरेकी छिन् ।

रिपोर्टर्स क्लवमा शुक्रबार आयोजित साक्षत्कारमा बोल्दै उनले उज्यालो हुने बित्तिकै निभ्ने र अध्यारो हुने बित्तिकै बल्ने सडक बत्तीको प्रविधी ल्याउन लागेको जानकारी दिईन् । त्यो प्रविधि आगामी दुई महिनामा लागु भईसक्ने उनको भनाइ छ ।

‘यो प्रविधि बुटबलबाट शुरु हुन्छ’ उनले भनिन्, ‘त्यसपछि देशैभर लागू हुन्छ ।’ चैतदेखि लोडसेडिङ घटाउने, विद्युतहरुको चुहावट नियन्त्रण गर्ने काम पनि सुरु हुने उनको भनाइ छ ।

हरेक साँझ दुईघण्टा लोडसेडिङ नगर्ने योजना तयार भईरहेको सुनाउँदै उनले एसएलसी परीक्षा अवधीभर साँझ लोडसेडिङ नगर्ने गरी काम भईरहेको बताईन् ।

त्यसको लागि दिउँसो उद्योगलाई र राती घरमा लाईन दिने आफ्नो योजना रहेको उनको भनाइ छ ।

‘घरेलु र औद्योगिक प्रयोजनका लागि बिजुलीको बन्दोबस्त गर्ने विषयमा उद्योग वाणिज्य महासंघलगायतसँग छलफल गर्ने तयारीमा छु,’ उनले भनिन्, ‘दिउँसो उद्योगमा दिने बेलुका घरेलु प्रयोजनका लागि कसरी दिन सकिन्छ भन्ने बारेमा छलफल गरिरहेको छु ।’ साथै उनले द्वन्द्वकालमा समेत नउठेका बक्यौता रकम उठाउने बताएकी छिन् ।

जुनसुकै हालतमा सरकारले स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गर्दै उनले निर्वाचन विथोल्न खोजे माओवादीहरु राजनीतिक दल नभएर अराजकतावादी समूहमा परिणत हुने चेतावनी दिईन ।

माओवादीको सोच विकास र जनता विरोधी भएको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us