काठमाण्डु, ३० फागुन – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा अहिलेको प्रमुख आवश्यकता राजनीतिक स्थायीत्व भएको बताएका छन् ।
लुम्बिनी पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा बोल्दै रेग्मीले जनअपेक्षा अनुरुप संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गरे ।
आफ्नो सरकारले एक वर्षभित्रै संविधानसभाको निर्वाचन सम्पन्न गर्न सफल भएको उदाहरण दिँदै उनले दृढ इच्छा शक्ति भए लक्ष्यमा पुग्न सकिने बताए ।
संविधान निर्माणलाई राष्ट्रिय अभियान बनाई एक वर्ष भित्रै संविधान बनाउनेतर्फ लाग्नु पर्ने उनको सुझाव छ ।