प्रधानमन्त्रीद्वारा भ्रमणभत्ता फिर्ता

काठमाण्डु टुडे २०७० फागुन ३० गते १२:२७ मा प्रकाशित

sushil_koiralaकाठमाण्डु, ३० फागुन – प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मार भ्रमण गर्दा प्राप्त गरेको भ्रमणभत्ता फिर्ता गरेका छन् ।

बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा उनले नियमानुसार प्राप्त गरेको ६५० अमेरिकी डलर अर्थात करिब ६३ हजार ४ सय २७ परराष्ट्र मन्त्रालयलाई फिर्ता गरेका हुन् ।

प्रधानमन्त्रीले फिर्ता गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कोइराला यही फागुन २० गते म्यान्मारको राजधानी नेपिटमा सम्पन्न शिखर सम्मेलनमा भाग लिन सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us