समाचार

लुक्लामा कुकुरले टोकेरै हैरान

२०७० फागुन ३० गते ८:११

सोलुखुम्बु, ३० फागुन – पर्यटकीय बजार लुक्ला र आसपासमा भुस्याहा कुकुरले टोकेर मानिसहरुलाई हैरान बनाउन थालेको छ । पासाङ ल्हामु निकोल निकी अस्पताल चौरीखर्क–८ लुक्लाको तथ्याङ्कअनुसार गत जनवरी र फेबुअरीमा मात्र १३ जना व्यक्तिलाई कुकुरले टोकेर उपचार गराएका छन् । सन् २०१३ मा कुकुरले...

प्रधानमन्त्री र एमाले नेता नेपालबीच भेटवार्ता

२०७० फागुन ३० गते ८:०८

काठमाण्डु, ३० फागुन – प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा आगामी जेठभित्रै कुनै पनि हालतमा स्थानीय निर्वाचन गर्ने विषयमा छलफल भएको वरिष्ठ नेता नेपालले बताए । ‘दुई दलबीचमा...

द्वन्द्वका क्रममा ध्वस्त सात गाविस भवन निर्माण गरिने

२०७० फागुन ३० गते ७:२३

कञ्चनपुर, ३० फागुन – सशस्त्र द्वन्द्वका क्रममा ध्वस्त भएका कञ्चनपुरका सातवटा गाविस कार्यालय भवन निर्माण गरिने भएको छ । जिल्ला विकास समितिले शान्ति तथा पुनःनिर्माण कार्यक्रमअन्तर्गत सुडा, कृष्णपुर, देखतभुली, रैकवार विचवा, झलारी, शङ्करपुर र परासन गाविसका भवन निर्माण गर्न लागेको हो । जिल्ला विकास...

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

२०७० फागुन ३० गते ६:५०

काठमाण्डु, ३० फागुन – सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । नयाँ निर्णय अनुसार प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ, हवाई इन्धन आन्तरिक...

शुभराम प्रकरणमा किन पछि हट्यो नेविसंघ ?

२०७० फागुन ३० गते ४:३५

काठमाण्डु, ३० फागुन – हतियारसहित प्रक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको पक्षमा खुलेर समर्थन गर्ने पहिलो व्यक्ति हुन् नेविसंघका अध्यक्ष रञ्जित कर्ण । शंकरदेव क्याम्पसका स्ववियू सभापति समेत रहेका बस्नेतको रिहाईको माग गर्दै बिभिन्न क्याम्पसमा बिद्यार्थी र प्रहरीबीच झडप भएको थियो । यी सवै...

सुदूरपश्चिम एचआईभी एड्सको उच्च जोखिममा

२०७० फागुन ३० गते ४:२७

कञ्चनपुर, ३० फागुन– सुदूरपश्चिममा पाँच हजार ९०४ व्यक्तिमा एचआइभी एड्सको सङ्क्रमण देखिएको छ । एचआईभी एड्सका कारण सुदूरपश्चिममा हालसम्म ३ सय ५८ जनाको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ । एचआइभी/एड्स रोकथामका पक्षमा काम गर्दै आइरहेको कञ्चनपुरको फेथ नामक गैरसरकारी संस्थाको तथ्याङ्कमा सुदूरपश्चिममा हालसम्म...

भारतीय सेना प्रमुख फर्कदै

२०७० फागुन ३० गते २:४५

काठमाण्डु, ३० फागुन –दुइदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह आज स्वदेश फर्कदै छन् । सिंह आजै सैनिक अभ्यास अवलोकनका लागि रुपन्देही जाने कार्यक्रम छ । नेपाल भारत सेनाद्धारा संयुक्त रुपमा रुपन्देहीको सालझण्डीमा सञ्चालित सूर्यकिरण ६ अवलोकन गर्न सिंह हिजो नेपाल...

पूजाको प्रसाद खाँदा दुईको मृत्यु

२०७० फागुन ३० गते २:०४

काठमाण्डु, ३० फागुन– धनुषाको देउरी परवाहा –८विन टोलमा पूजाको प्रसाद खाँदा दुई जनाको मृत्यु भएको छ । प्रसाद भनेर बाँडिएको खीर खाँदा उनीहरुको मृत्यु भएको हो । थप १२ जना सिकिस्त छन् । सिकिस्त तीन जनालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । मृत्यु...

मुस्लिम युवाले छोरी भगाएको झोंकमा बजार बन्द

२०७० फागुन ३० गते १:०४

काठमाण्डु, ३० फागुन – सङ्गीता शाहकी १९ वर्षीया छोरी मुस्लिम समुदायको युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ । एक महिनाअघि दुहवी निवासी मोसिम मियाँ नाम गरेका युवासँग प्रेम सम्बन्धमा गाँसिएकी स्थानीय युवती अमृता शाह हलुवाईलाई भगाइएको थियो । घटनासँगै...

यस्तो छ, संविधानसभा नियमावली मस्यौदा

२०७० फागुन २९ गते १३:३५

काठमाण्डु, २९ फागुन – १० दिनको समयावधी पाएको संविधानसभा नियमावली मस्यौदा समितिले एक महिनामा प्रतिवेदन तयार गरेर विहिबार संविधानसभामा पेश गरेको छ । समितिको मस्यौदा प्रति राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपाः राष्ट्रिय पार्टीले फरक मत राखेका छन् । संविधानसभामा...

पहिचानसहितको संघीयताका पक्षधर मोर्चातिर

२०७० फागुन २९ गते १२:५८

काठमाण्डु, २९ फागुन – पहिचानसहितको संघीयताका पक्षधरहरुले संविधानसभाभित्र र बाहिर रहेका शक्तिबीच मोर्चा बनाएर जानुपर्नेमा जोड दिएका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा विहीबार बसेको एमाओवादी र संघीय समाजवादी पार्टीका शीर्ष नेताको बैठकले संविधानसभामा पहिचानसहितको संघीयताका पक्षधर अल्पमतमा रहेका कारण संविधानसभाभित्र...

गृहमन्त्री भन्छन्, ‘गुण्डागर्दी गर्नेलाई छाडिन्न’

२०७० फागुन २९ गते १२:४९

तनहुँ, २९ फागुन – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले गुण्डागर्दी गर्नेहरुको दिन सकिएको बताएका छन् । प्रेस चौतारी तनहुँले विहीबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले देशमा गुण्डागर्दी, दादागिरी र  अराजकता मच्चाउने जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याइने चेतावनी दिए । ‘त्यस्ता क्रियाकलापमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us