शुभराम प्रकरणमा किन पछि हट्यो नेविसंघ ?

काठमाण्डु टुडे २०७० फागुन ३० गते ४:३५ मा प्रकाशित

Ranjit karnकाठमाण्डु, ३० फागुन – हतियारसहित प्रक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको पक्षमा खुलेर समर्थन गर्ने पहिलो व्यक्ति हुन् नेविसंघका अध्यक्ष रञ्जित कर्ण ।

शंकरदेव क्याम्पसका स्ववियू सभापति समेत रहेका बस्नेतको रिहाईको माग गर्दै बिभिन्न क्याम्पसमा बिद्यार्थी र प्रहरीबीच झडप भएको थियो । यी सवै घटनाको नाइके थिए उनै अध्यक्ष रञ्जित कर्ण ।

सार्वजनिक भाषणकाक्रममा कर्णले भनेक थिए, ‘ एसएसपी रमेश खरेल बर्दीधारी गुण्डा हुन्, उनलाई कारवाही हुनुपर्छ । ’ यो प्रसंग संचारमाध्यममा छाएपछि शुभराम बस्नेत प्रक्राउ घटनाले अर्को रुप लियो ।

सरकारको नेतृत्व गरेको पार्टीको भातृसंगठनले नै यस्ता घटनामा आन्दोलन गरेपछि सरकार र काँग्रेसको आलोचना निक्कै भयो ।

त्यसपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाले नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई नराम्रोसँग हप्काए । स्रोतका अनुसार कोइरालाले कर्णको आलोचना गरेपछि बस्नेत रिहाइको माग सेलाउन थालेको हो ।

कर्णलाई नेविसंघ अध्यक्ष बनाउन सिफारिस गरेका महामन्त्री प्रकाशमान सिंह र नेता आनन्दप्रसाद ढुंगानाले यो घटनाले बेइज्जत भएको भन्दै उनलाई हकारेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य इन्दु शर्मा भन्छन् ‘ निष्ठाको लागि भन्दा पनि रञ्जितले पैसाको लागि यो सवै गरेका हुन् । ’ रञ्जितको आचरण कसैगरि पैसा कमाउने र बार्गेनिङ्ग गर्ने हो  ।

शर्माका अनुसार रञ्जित आफ्नो निर्णयमा कहिल्यै अडिग हुन नसक्ने मान्छे हुन् । रञ्जित कर्णले कर्तव्य ज्यान मुद्दामा अदालतले कैद फैसला गरेका नेविसंघका केन्द्रीय सदस्य सूर्य राईको पक्षमा समेत कुनै बेला अदालतको बिरोधमा विज्ञप्ति निकालेका थिए ।

घटना चर्किएपछि रञ्जित कर्णले अनुसन्धानमा प्रहरीलाई सघाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । कर्ण भन्छन् ‘ हामीले आन्दोलन नै घोषणा गरेका थिएनौं कसरी फिर्ता हुन्छ ? ’ हामीले त प्रहरीलाई सहयोग गरेका छौं अनावश्यक हल्ला धेरै भएको उनको भनाई छ ।

दबाव थेग्न सकेन प्रहरी :
ramesh Kharelकाठमाण्डुमा सरुवा हुनेबित्तिकै एसएसपी रमेश खरेलले ‘डन’ तह लगाउने बताएका थिए । केही डनलाई उनले भने बमोजिम भित्र हुल्न सफल पनि भए । दीपक मनाङगेलगायत केहीलाई समात्न सफल समेत भएका थिए उनी ।

तर नेविसंघका नेता शुभराम बस्नेतको पक्राउ उनको लागि त्यत्ति फलदायी रहेन । सरकारको नेतृत्व गरेको काँग्रेसका कार्यकर्ता फक्राउले खरेललाई टाउको दुखायो ।

लाइसेन्स सहितको हतियार भएपनि शुभरामले राति कुन प्रयोजनका लागि बोके भन्ने बिषयमा प्रहरीले अनुसन्धान फितलो गरेको छ ।

बस्नेतको मुद्दा कमजोर तरिकाले अनुसन्धान गरिएको दावी नेविसंघका केही नेताको छ । बस्नेतसँगै प्रक्राउ परेकालाई शुक्रबार सामान्य तारेखमा छाडिने स्रोतको दावी छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us