पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाण्डु टुडे २०७० फागुन ३० गते ६:५० मा प्रकाशित

oil nigamकाठमाण्डु, ३० फागुन – सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आजैदेखि लागु हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

नयाँ निर्णय अनुसार प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ, डिजेल र मट्टितेलमा ६/६ रुपैयाँ, हवाई इन्धन आन्तरिक उडानतर्फ ६ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ १ सय डलर प्रतिकिलोलिटर मूल्य वृद्धि गरिएको छ।

मूल्य वृद्धिसँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको १ सय ४० तथा डिजेल र मट्टितेलको १ सय ९ रुपैयाँ तिर्नु पर्ने छ ।

हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।

१ अर्ब ६९ करोड ७१ लाख रुपैयाँ मासिक घाटा रहेकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us