समाचार

स्थानीय चुनावको मिति तोक्न पोखरलको माग

२०७० चैत १ गते ११:३१

बुटवल, १ चैत – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले आवश्यक कानुनी प्रक्रिया संशोधन गरेर तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । संविधान जारी भएपछि पनि राज्यको संरचना बन्न पाँच/सात वर्ष लाग्ने भन्दै पोखरेलले एमाले अन्तरिम भए पनि स्थानीय निकायको निर्वाचन...

एमाओवादीसँग एकीकरण सम्भव छैन : गुरुङ

२०७० चैत १ गते ११:२४

पर्वत, १ चैत – नेकपा–माओवादीका सचिव एवम् संयुक्त जनसमितिका संयोजक देव गुरुङले एकीकृत नेकपा माओवादीसँग तत्काल एकीकरण सम्भव नभएको बताएका छन् । नेकपा–माओवादी पर्वतको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले हेटौंडा महाधिवेशनले पारित गरेको कार्यदिशा नसच्चाएसम्म एकीकरण सम्भव नभएको स्पष्ट पारे ।...

सबैलाई विश्वासमा लिएर संविधान बनाउछौं : सिंह

२०७० चैत १ गते ११:०७

काठमाण्डु, १ चैत – उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले एक वर्षभित्र संविधान जारी गर्ने भूमिकालाई विशेष ध्यान दिने बताएका छन् । संविधानसभामा काठमाण्डु क्षेत्र नं १ बाट निर्वाचित सिंहको सम्मानमा रत्न पुस्तकालय बानेश्वरद्धारा शनिबार आयोजित समारोहमा सिंहले सबै दललाई विश्वासमा...

मूल्य वृद्धि फिर्ता लिन ट्रेड युनियन महासंघको माग

२०७० चैत १ गते १०:५३

काठमाण्डु, १ चैत – अखिल नेपाल ट्रेड युनियन महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अध्यक्ष शालिकराम जम्कट्टेलले शनिबार एक विज्ञप्ति जारी गरि तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । केही दिन अघि दूधको मूल्य वृद्धि...

भोज खाएर बिरामी परेकाहरुको अवस्थामा सुधार

२०७० चैत १ गते ९:४९

बाँके, १ चैत – बाँके जिल्लाको कम्दीमा विवाह भोज खाएर बिरामी भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । एक विवाहमा शुक्रबार भोज खाँदा परिकार विषाक्त भएकाले २०० भन्दा बढी बिरामी परेका थिए । बिरामी पर्नेमा ३५ जना बालबालिका समेत रहेका छन् । बिरामी परेका...

स्थानीय चुनाव अहिलेको आवश्यकता : थापा

२०७० चैत १ गते ८:३४

विराटनगर, १ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय चुनावले संघीयतालाई बलियो बनाउने बताए । नेपाली काँग्रेस र एमाले स्थानीय निकायको निर्वाचनप्रति गम्भीर नभएको...

मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरु आन्दोलित

२०७० चैत १ गते ८:२३

काठमाण्डु, १ चैत – पेट्रोलियम पदार्थमा गरिएको  मूल्य वृद्धिको विरोधमा विद्यार्थी संघठनहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी सहितका १३ विद्यार्थी संगठनहरुले उपत्यका बन्दसहित विरोधका कार्यक्रम घोषणा गरेका हुन् । अखिल क्रान्तिकारीको कार्यालय बागबजारमा बसेको संयुक्त बैठकले...

काँग्रेससंग प्रधानमन्त्रीले मागे सुझाव

२०७० चैत १ गते ६:१४

काठमाण्डु, १ चैत – प्रधानमन्त्री सुशील कोइरालाले पार्टीका शीर्ष नेताहरुसंग मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा आन्तरिक छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष नेता र काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सम्मिलित बैठकमा सरकारका आगामी कार्यक्रम, मन्त्रिपरिषद् बिस्तार लगायतका बिषयमा छलफल भएको थियो ।...

काँग्रेस नेताहरुको बैठक बालुवाटारमा

२०७० चैत १ गते ३:४४

काठमाण्डु,१ चैत –नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बसेको हो । बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रिहरु, पार्टीका राजधानीमा उपलब्ध केन्द्रिय नेताहरु लगायतको उपस्थिती रहेको छ । बैठकमा संविधान निर्माण, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा छलफल...

मुल्य वृद्धिको विरोधमा सरकारी गाडीमा आगजनी

२०७० चैत १ गते ३:०४

काठमाण्डु, १ चैत –नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको भारी मुल्य वृद्धिको चौतर्फी विरोध भएको छ । मुल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरु, राजनीतिक दल तथा उपभोक्ता समुहहरुले आन्दोलन चर्काउने भएका छन् । मुल्यवृद्धिको विरोधमा हिजो केहिबेर प्रदर्शन गरेका विद्यार्थी संगठनहरुले आज पनि प्रदर्शनलाई जारी...

उपभोक्ता गरे सरकारी कार्यक्रम बहिस्कार

२०७० चैत १ गते २:३२

काठमाण्डु, १ चैत – आज विश्व उपभोक्ता अधिकार दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै छ । अन्तर्राष्ट्रिय नारा टेलिफोन माथिको उपभोत्ता अधिकार सुनिश्चित गरौं भन्ने तय गरिए पनि नेपालमा भने उपभोक्ता हकलाई मौलिक हकमा समावेश गर्दै २०७१ माघ ८ भित्र संबिधान जारी...

प्रधानमन्त्रीद्वारा विदेश भ्रमण भत्ता फिर्ता

२०७० चैत १ गते २:०३

काठमाण्डु, १ चैत –प्रधानमन्त्री सुशील कोइरालाले म्यानमारमा आयोजित प्राविधिक तथा आर्थिक सहयोगका निम्ति वंगालको खाडीको प्रयास(बिमस्टेक)को तेस्रो शिखर सम्मेलनमा सहभागी हुँदा पाएको विदेश भ्रमण भत्ता फिर्ता गरेका छन् । भ्रमण भत्ता वापतको ६ सय ५० डलर राज्यकोषमा फिर्ता गर्नका लागि मुख्य सचिव लीलामणि पौड्याललाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us