सबैलाई विश्वासमा लिएर संविधान बनाउछौं : सिंह

काठमाण्डु टुडे २०७० चैत १ गते ११:०७ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, १ चैत – उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसले एक वर्षभित्र संविधान जारी गर्ने भूमिकालाई विशेष ध्यान दिने बताएका छन् ।

संविधानसभामा काठमाण्डु क्षेत्र नं १ बाट निर्वाचित सिंहको सम्मानमा रत्न पुस्तकालय बानेश्वरद्धारा शनिबार आयोजित समारोहमा सिंहले सबै दललाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान जारी गर्न आफ्नो पार्टी सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले चुनावी घोषणापत्रमै उल्लेख गरेर मतदातासमक्ष छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रतिबद्धता जाहेर गरिसकेकाले   सरकार सो निर्वाचनका लागि अधि बढेको उनको भनाइ छ ।

साथै उनले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्ने निर्णयको बचाउ गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र लामो समयदेखि घाटाको व्यापार गर्दै आएको नेपाल आयल निगमले बाध्यात्मक परिस्थितिले मूल्य समायोजन गरेको उनको भनाइ थियो ।

सन्दर्भमा मूल्य वृद्धि गरेको स्पष्ट पार्दै उहाँले यो परिस्थितिलाई बुझिदिन आग्रह गर्नुभयो ।

प्रजातन्त्र बहालीका लागि मुलुकमा भएका आन्दोलनमा महत्वपूर्ण योगदानसमेत पु¥याएको रत्न पुस्तकालयले नेपाली सहित्यका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा, मोतिराम भट्ट, आदिकवि भानुभक्तको जन्मजयन्तीको अवसर पारेर विभिन्न सहित्यिक कार्यक्रम गर्दै आएको छ ।

पुस्तकालयले विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहलगायत राजनीतिक क्षेत्रमा समेत विशिष्ट योगदान पु¥याउने राजनेतालाई समेत सम्मान गरिसकेको छ ।

विसं २०१९ मा स्थापित उक्त पुस्तकालयमा स्वदेशी तथा विदेशी प्रकाशनका चर्चित र महत्वपूर्णसमेत गरी पाँच हजारको सङ्ख्यामा पुस्तक छन् ।

पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा १० लाखसम्मको अक्षयकोष राख्न सुरु गरेको र हालसम्म सो अभियानमा दुई लाख ५० हजार रकम जम्मा भइरहेको बताइएको छ ।

सो अक्षयकोषको ब्याजबाट साहित्यकारहरुलाई सहयोग पु¥याउने योजना पुस्तकालयले अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us