
काठमाण्डु, १ चैत –प्रधानमन्त्री सुशील कोइरालाले म्यानमारमा आयोजित प्राविधिक तथा आर्थिक सहयोगका निम्ति वंगालको खाडीको प्रयास(बिमस्टेक)को तेस्रो शिखर सम्मेलनमा सहभागी हुँदा पाएको विदेश भ्रमण भत्ता फिर्ता गरेका छन् ।
भ्रमण भत्ता वापतको ६ सय ५० डलर राज्यकोषमा फिर्ता गर्नका लागि मुख्य सचिव लीलामणि पौड्याललाई कोइरालाले दिएका हुन् ।
मुख्य सचिव पौडेलले भत्ता वापतको रकम परराष्ट्र मन्त्रालयका संबन्धित अधिकारीलाई फिर्ता दिएका छन् ।
प्रधानमन्त्री कोइराला गत फागुन १८ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी म्यानमारमा आयोजित बिमस्टेको तेस्रो शिखर सम्मेलनमा सहभागी सहभागी भएका थिए ।