
काठमाण्डु, १ चैत – अखिल नेपाल ट्रेड युनियन महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
अध्यक्ष शालिकराम जम्कट्टेलले शनिबार एक विज्ञप्ति जारी गरि तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । केही दिन अघि दूधको मूल्य वृद्धि गरिएको र अघोषित रुपमा अन्य उपभोग्य बस्तुहरुको समेत मूल्य बढाइएको भन्दै महासंघले घोर भत्र्सना गरेको छ ।
साथै जम्कट्टेलले मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । ‘राष्ट्रघाति काम नगर्न र सर्वसाधारणको ढाड सेक्ने गरि गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ, अन्यथा सशस्त्र संघर्षमा उत्रन बाध्य हुनेछौं ।’
साथै विज्ञप्तिमा केही दिन अघि प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर भारतीय भूमि भनेर दिएको अभिव्यक्तिकोसमेत विरोध गरिएको छ ।
काँग्रेस–एमाले गठबन्धनमा कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि दूधको मूल्य वृद्धि गरिएको थियो । त्यसको केही दिन बित्न नपाउँदै पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरिएको हो ।
विज्ञप्तीको पूर्ण पाठ