मुल्य वृद्धिको विरोधमा सरकारी गाडीमा आगजनी

काठमाण्डु टुडे २०७० चैत १ गते ३:०४ मा प्रकाशित

aandolanकाठमाण्डु, १ चैत –नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको भारी मुल्य वृद्धिको चौतर्फी विरोध भएको छ ।

मुल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरु, राजनीतिक दल तथा उपभोक्ता समुहहरुले आन्दोलन चर्काउने भएका छन् ।

मुल्यवृद्धिको विरोधमा हिजो केहिबेर प्रदर्शन गरेका विद्यार्थी संगठनहरुले आज पनि प्रदर्शनलाई जारी राखेका छन् ।

आन्दोलनमा उत्रेका विद्यार्थीहरुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि एउटा सरकारी गाडीमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा आएका दुर्इजनाको समूहले बा १ झ ५६८० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट सो गाडी जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

यता विपक्षी राजनीतिक दलहरुले पनि सरकारले जनताको ढाड सेक्नेगरी मुल्य वृद्धि गरेको भन्दै विरोध जनाएका छन् ।

एकिकृत नेकपा माओवादी, नेकपा-माओवादी लगायतका दलहरुले मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारी स्वामित्वको आयल निगमले हिजोबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ६– ६ रुपैयाँका दरले मुल्य वृद्धि गरेको छ

। केहिदिन अघि मात्र दुधमा मुल्य वृद्धिको मार खेपेका सर्वसाधारणले त्यसको चर्चा सेलाउन नपाउने पेट्रोलियम पदार्थमा समेत मुल्य वृद्धि बेहोर्नुपरेको छ ।

दुध तथा पेट्रोलियम पदार्थमा गरिएको एकसाथको वृद्धिले बजार भाउ समेत बढ्ने निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us