उपभोक्ता गरे सरकारी कार्यक्रम बहिस्कार

काठमाण्डु टुडे २०७० चैत १ गते २:३२ मा प्रकाशित

काठमाण्डु, १ चैत – आज विश्व उपभोक्ता अधिकार दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

अन्तर्राष्ट्रिय नारा टेलिफोन माथिको उपभोत्ता अधिकार सुनिश्चित गरौं भन्ने तय गरिए पनि नेपालमा भने उपभोक्ता हकलाई मौलिक हकमा समावेश गर्दै २०७१ माघ ८ भित्र संबिधान जारी गरौ भन्ने तय गरिएको छ ।

यस पटकको उपभोक्ता अधिकार दिवसमा सरकारले दुध र पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि बिरुद्ध केन्द्रित गरिने उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाले बताए । मुल्यवृद्धि बिरुद्ध प्रर्दशनको कार्यक्रम तय गरिएको पनि उनले जानकारी दिए ।

यसैबिच उपभोक्ता हित संरक्षण मञ्चले उपभोक्ता अधिकार दिवसको अबसरमा सरकारले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेको छ ।

सरकारले मुल्यवृद्धि गरेर जनताको ढाड सेकेको भन्दै मञ्चले सरकारी कार्यक्रम बहिष्कार गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us