स्थानीय चुनाव अहिलेको आवश्यकता : थापा

काठमाण्डु टुडे २०७० चैत १ गते ८:३४ मा प्रकाशित

kamalविराटनगर, १ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय चुनावले संघीयतालाई बलियो बनाउने बताए ।

नेपाली काँग्रेस र एमाले स्थानीय निकायको निर्वाचनप्रति गम्भीर नभएको भन्दै उनले निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

साथै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।

‘संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था छ,’ थापाले भने, ‘काँग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिले उक्त विषयलाई समाप्त पार्ने काम भयो ।’

संविधानसभाले ताजा जनादेश पाइसकेको हुँदा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us