समाचार

होलीका क्रममा ४ सय १७ पक्राउ

२०७० चैत २ गते १२:१३

काठमाण्डु, २ चैत– प्रहरीले काठमाण्डु उपत्यकाबाट होलीका बेला उच्छृंखल गतिविधि गर्ने र नियम उल्लंघन गरी सवारी चलाउने ४ सय १७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले काठमाण्डु टुडेलाई जानकारी दिए...

बालुवाटारमा यसरी हप्काए बामदेवले अखिल र नेविसंघका नेतालाई

२०७० चैत २ गते ११:५२

काठमाण्डु, २ चैत– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सरकार समर्थित दलका विद्यार्थी नेताहरुलाई प्रधानमन्त्री सुशील कोइरालाकै अगाडि हप्काएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ताको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालासमक्ष ध्यानाकर्षणपत्र बुझाउन बालुवाटर पुगेका नेविसंघ र अखिलका नेतालाई गौतमले हप्काएका हुन् । सरकारले...

एमाओवादीले संविधानसभा छाडे एकता: वैद्य

२०७० चैत २ गते ११:०९

संखुवासभा–२ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीले संविधनसभा छाडेर बाहिर आए पार्टी एकता हुने बताएका छन् । संखुवासभाको खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाटमा वैद्यले संविधानसभा छाडेर नयाँ जनवादी क्रान्तिको बाटोमा आए एमाओवादीसँग एकताका लागि तयार रहेको बताएका हुन् । निर्वाचनमा लज्जाजनक पराजय बेहोरेपछि...

विद्यार्थीलाई प्रधानमन्त्रीले सोधे ‘आयल निगममा चुहावट र भ्रष्टाचार हुन्छ र ?’

२०७० चैत २ गते १०:५८

काठमाण्डु, २ चैत– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल आयल निगममा हुने गरेको चुहावट र भ्रष्टाचारबारे आफूलाई जानकारी नभएको बताएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन बालुवाटार पुगेका १६ विद्यार्थी संगठनका नेताहरुसँग प्रधानमन्त्रीले त्यसबारे आफूले केही थापा नपाएले नियन्त्रण प्रयास...

होली खेल्ने क्रममा छतबाट खसेर दुईको मृत्यु

२०७० चैत २ गते ८:५५

काठमाण्डु, २ चैत – घरको छतमा होली खेल्ने क्रममा लडेर काठमाण्डुमा दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाण्डुको धापासी–९ स्थित एक घरमा डेरामा बस्ने १२ वर्षीय अर्पण्ँ राई र धर्मस्थली–३ का १४ वर्Èका अनिल महर्जनको ज्यान गएको हो । प्रहरी प्रवक्ता गणेश...

संविधान निर्माणको कार्यतालिका बनाउनुपर्छ : मैनाली

२०७० चैत २ गते ८:३३

बुटवल, २ चैत– नेकपा मालेका महासचिव सिपी मैनालीले समयमै संविधान जारी गर्ने गरी संविधान निर्माणको कार्यतालिका बनाउनुपर्ने बताएका छन् । आइतबार बुटवलमा भएको पत्रकार सम्मेलनमा मैनालीले अघिल्लो संविधानसभामा सहमति भएका विषय वर्तमान संविधानसभाले अनुमोदन गराउनुपर्ने बताए । संविधानसभा बाहिर रहेका नेकपा–माओवादीसहितका दललाई पनि सँगै...

स्याङ्जामा जीप दुर्घटना, ७ को मृत्यु ( नामावली सहित )

२०७० चैत २ गते ५:१३

काठमाण्डु, २ चैत – स्याङ्जाको तल्लो गल्याङ्गदेखि सिर्सेकोट गाविसको अकलादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइते सवैको पाल्पा अस्पतालमा उपचार भइरहेको छ । आइतवार बिहान रिर्जभ गरेको लु १ ज १४५४...

होली मनाइदै, मर्यादित गराउन प्रहरी सक्रिय

२०७० चैत २ गते ३:२५

काठमाण्डु, २ चैत – होली पर्व आज आपसी सद्भाव, हर्ष र रङहरुको पर्व फागु अर्थात होली आज राजधानी उपत्यका सहित पहाडी जिल्लाहरुमा मनाईदै छ । पहाडी जिल्लाहरुमा आज फाल्गुन पुर्णिमाका दिन मनाइन्छ भने तराईका जिल्लाहरुमा भोली पल्ट मनाउने चलन छ । पौराणिक कथन अनुसार...

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो छ कामना

२०७० चैत २ गते २:३१

काठमाण्डु, २चैत –राष्ट्रपति डाक्टर रामबरण यादबले आपसी भाईचारा अभिबृद्धि गर्नका लागी साझा साँस्कृतिक चाडहरुको बिशिष्ठ महत्व रहेको बताएका छन् । होलीका अबसरमा शुभकामना दिदै राष्ट्रपति यादबले बिभिन्न जातजाती , धर्म , भाषा , सस्कृति र बिभिन्न क्षेत्रका नेपाली हरुबिच राष्ट्रिय अखण्डता तथा मेलमिलापलाई अक्षुण...

हङकङबिरुद्ध कुन कुन खेलाडी उत्रिदैछन मैदानमा ?

२०७० चैत २ गते २:०६

काठमाण्डु , २ चैत – विश्वकप यात्राको पहिलो खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडी सार्वजनिक गरेको छ । साँझ सवा सात बजे बंगलादेशको चटगाउँमा खेल हुनेको छ । पारस खड्को कप्तानीमा पहिलो रोजाइको खेलाडीको टुंगो लागेको छ । प्रदीप ऐरी, बिनोद भण्डारी, अमृत भट्टराई,...

सुन्दरीजलवासी नै पानीको समस्याले काकाकुल

२०७० चैत २ गते १:५०

काठमाण्डु , २ चैत – काठमाडौँ उपत्यकामा ६० प्रतिशत खानेपानी निर्यात गर्ने सुन्दरीजल क्षेत्रका स्थानीयवासीले भने खानेपानी नपाएर काककुल बन्नु परेको गुनासो गरेका छन् । बर्खायाममा दैनिक १९ लाख लिटर खानेपानी उपत्यकामा निर्यात गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलले सुक्खायाममा भने दैनिक सातदेखि...

मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने

२०७० चैत १ गते १२:३०

काठमाण्डु, १ चैत – पेट्रोलियम पदार्थमा गरेको भारी मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले मूल्य वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले पाँच दिनसम्म पनि सरकारले मुल्य वृद्धिको निर्णय फिर्ता नलिए आमहडताल सहितको सशक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us