नुवाकोट, ४ चैत – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्रराष्ट्रसँगको सहकार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले परराष्ट्र नीतिमा सुधारका लागि पहल थालेको बताएका छन् । प्रेस चौतारी नुवाकोटले मंगलबार सदरमुकाम विदुरमा गरेको पत्रकार सम्मेलनमा उनले परराष्ट्र नीति देशलाई अन्तर्राष्ट्रियस्तरमा चिहाउने झ्याल भएकाले यसमा सुधारको आवश्यकता टड्कारो रहेको...
काठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको व्यवस्थापिका संसदमा चर्को विरोध भएको छ । सत्तारुढ तथा विपक्षी दलका सभासदहरुले मूल्य वृद्धिको विरोध गरेका हुन् । बैठकमा बोल्दै सत्तारुढ काँग्रेसका सभासद अर्जुन नरसिंह केसीले सरकारले खानेपानी, दूध र पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको...
काठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा प्रतिपक्षी सभासदहरुको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । विपक्षी सभासद्हरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बैठक सञ्चालनमा अवरोध पु¥याएपछि आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि...
काठमाण्डु, ४ चैत -नेपालको कम्युनिष्ट आन्दोलन नेताहरुमा ब्याप्त गलत सोच र व्यवहारका कारण संकटग्रस्त भएको छ । छरिएर रहेकाहरुले आफुभित्र रहेका गैर मार्क्सबादप्रबृति त्याग्न तयार भएर छलफल थाल्नु पर्छ । आ-आफ्नो मनोगतवादी सोचबाट मुक्त भई वर्तमान अवस्थाको बारे साझा ठोस निष्कर्ष निकालेर तत्काल मोर्चा...
काठमाण्डु, ४ चैत –जनकपुर बमकाण्डलगायतका घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले सभासद् सञ्जय साह टक्लालाई पक्राउ पुर्जी काटेको छ । पक्राउ परेका अभिययुक्तहरुको बयानमा साहको पनि संलग्नता देखिएपछि उनी प्रहरी छानबिनमा तानिएका हुन् । जनकपुर बमकाण्डमा पहिला पनि सभासद साहको संलग्नताबारे हल्ला भएको थियो...
काठमाण्डु, ३ चैत – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयमा पार्टी भित्रै छलफल चलाउन नेता डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । नेता भट्टराईले नयाँ शक्ति निर्माणको बहस चलाएपछि एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता सोमबार भट्टराई निवास सानेपा पुगेका थिए ।...
काठमाण्डु, ३ चैत – शैक्षिक अधिकार उपभोग गर्नबाट वञ्चित हुने गरी अनियमित शुल्क वृद्धि तथा तोकिएको मूल्यभन्दा दोब्बर बढी लिई पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री वितरण गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्चले नै गत फागुन ४ मा जारी गरेको ११ बुँदे निर्देशिका...
बारा, ३ चैत – श्रीमती पाल्न छोरो विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेको भेटिएपछि बारामा ससुराले बुहारीलाई प्रहरीमा बुझाएका छन् । सिमराकी ती महिलालाई गाउँकै एक युवकसँग घरमै यौन सम्बन्ध राखिरहेको अवस्थामा भेटाइएपछि रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ...
काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत विद्यार्थी संगठनहरु र सरकारबीचको वार्ता विफल भएको छ । सरकारी पक्षले मुल्य वृद्धि फिर्ता लिन नसकिने अडान राखेपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो । बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारी टोलीले मूल्य वृद्धि...
काठमाण्डु, ३ चैत – पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिका सम्बन्धमा जारी आन्दोलन अझै सशक्त पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मूल्य वृद्धिका विरुद्धमा आन्दोलनरत विद्यार्थीको संयुक्त आन्दोलन समितिले राजधानीमा आयोजित छलफल एवम् अन्तक्र्रियामा सो धारणा आएको हो । अन्तरक्रियामा नेकपा– माओवादीका पोलिट्ब्युरो सदस्य हितमान...
ललितपु, ३ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले लोडसेडिङ कम गर्दै उज्यालो नेपाल बनाउन सरकार लागिपरेको बताएकी छिन् । नेपाल राष्ट्रिय जल सप्ताह २०१४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञावालीले जलस्रोतमा नेपाल धनी रहेपनि सही व्यवस्थापनको कमीले पछि परेको धारणा राखिन् । जलस्रोतसम्बन्धी विभिन्न...
काठमाण्डु, ३ चैत – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले तत्काल एकीकृत माओवादीसँग एकताको सम्भावना नरहेको बताएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले तत्काल पार्टी एक हुन नसक्ने बताए । ‘अहिले हामीले दुईवटा विषयमा मात्रै संयुक्त विज्ञप्ती जारी गर्दै कार्यगत एकताको घोषणा...