बमकाण्डमा सभासद् साहलाई पक्राउ पुर्जी

काठमाण्डु टुडे २०७० चैत ४ गते १:१८ मा प्रकाशित

sanjay-shahकाठमाण्डु, ४ चैत –जनकपुर बमकाण्डलगायतका घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले सभासद् सञ्जय साह टक्लालाई पक्राउ पुर्जी काटेको छ ।

पक्राउ परेका अभिययुक्तहरुको बयानमा साहको पनि संलग्नता देखिएपछि उनी प्रहरी छानबिनमा तानिएका हुन् ।
जनकपुर बमकाण्डमा पहिला पनि सभासद साहको संलग्नताबारे हल्ला भएको थियो । कुनै प्रमाण नभेटेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

तर बमकाण्डका नाइके मुकेश चौधर दुइ साताअघि पक्राउ परेपछि उनीमाथि छानबिन गर्दा साह पनि तानिएका हुन् ।

स्रोतका अनुसार चौधरी पक्राउ परेलगत्तै भूमिगत भएका सभासद् साहले आफ्नो पक्राउ रोक्न हारगुहार गरिरहेका छन् ।

तर, प्रहरीले उनलाई पक्राउ गर्ने बिषयमा सभामुख सुवास नेम्वाङसँग समेत राय लिइसकेको छ । साह धनुषा ४बाट राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका प्रत्यक्ष निर्वाचित सभासद हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us