सरकारको प्राथमिकता उज्यालो : मन्त्री ज्ञवाली

काठमाण्डु टुडे २०७० चैत ३ गते ११:०६ मा प्रकाशित

Radha Gyaliललितपु, ३ चैत – ऊर्जामन्त्री राधा ज्ञवालीले लोडसेडिङ कम गर्दै उज्यालो नेपाल बनाउन सरकार लागिपरेको बताएकी छिन् ।

नेपाल राष्ट्रिय जल सप्ताह २०१४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञावालीले जलस्रोतमा नेपाल धनी रहेपनि सही व्यवस्थापनको कमीले पछि परेको धारणा राखिन् ।

जलस्रोतसम्बन्धी विभिन्न नीति तथा योजनाको कार्यान्वयन फितलो भएकाले नै लोडसेडिङ व्यहोर्नु परेको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वसचिव सूर्यनाथ उपाध्यायले विद्युत उत्पादनको लागि लाइसेन्स लिएकाहरुले त्यसको सही सदुपयोग गर्न नसकेकाले लोडसेडिङ कमी नआएको धारणा राखे ।

जल तथा ऊर्जा आयोगका सचिव कृष्णचन्द्र पौडेलले विद्युत भार कटौतीमा कमी ल्याउन हाललाई बैकल्पिक उपायका लागि सोलारको प्रयोग गर्दै जानुपर्ने विचार राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us