समाचार

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री भन्दा मन्त्री धनी

२०७० चैत ५ गते ५:४३

काठमाण्डु, ५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नाममा सम्पत्ति नभएको विवरण पेस गरेका छन्। कोइरालाले घरजग्गा चल सम्पत्ति, ब्यांक तथा वित्तीय संस्थामा रहेको नगद, शेयर तथा धितोपत्र खरिद, सवारीसाधन र कृषि उत्पादन सबै शीर्षकमा केही छैन भनेका छन् भने ऋण लिएको वा दिएकोबारे...

आगलागीमा ५ घर जले, १४ लाखको क्षति

२०७० चैत ५ गते ४:२१

काठमाण्डु, ५ चैत –सिरहाको बेल्हा–७ मा आज विहान आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बेल्हा– ७ का तपेश्वर राईको गोठबाट आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय तपेश्वर राई,...

संसद बैठक बस्दै

२०७० चैत ५ गते ३:४२

काठमाण्डु, ५ चैत – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । हिजोका लागि बोलाइएको बैठक पेट्रोलिय पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोधमा सभासदहरुले अवरुद्ध गरेपछि आज पुन बोलाइएको हो । बैठक दिउसो बस्नेछ ।...

काठमाण्डुमा बस र ट्याक्सीमा आगजनी, यसरी जल्यो बस ! तस्विर सहित

२०७० चैत ५ गते ३:११

काठमाण्डु, ५ चैत –उपत्यका बन्द गराउन सडकमा उत्रिएका बिद्यार्थीले काठमाण्डुमा सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । मुल्यवृद्धिको बिरोधमा सडक आन्दोलनमा रहेका १५ बिद्यार्थी संगठनका कार्यकर्ताले काठमाण्डुको पुरानो बसपार्कमा एउटा बसमा आगजनी गरेका छन् । प्रहरीका अनुसार बा. २ .ख ८७९ नम्बरको बसमा...

मुल्यवृद्धि बिरुद्धको आन्दोलनमा बिद्यार्थी संठगन बिभाजित

२०७० चैत ५ गते २:४८

काठमाण्डु, ५ चैत – मुल्यवृद्धिको बिरोधमा एकैठाउ उभिएका बिभिन्न संगठनहरु उपत्यका बन्द कार्यक्रममा बिभाजित भएका छन् । सरकारले दुध, डिजेल र पेट्रोलमा गरेको चर्को मुल्यवृद्धिको बिपक्षमा रहेका बिद्यार्थी संगठनहरु बिभाजित भएका हुन् । सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेका बिद्यार्थी संगठन नेविसंघ र...

दुर्घटनामा दुईको मृत्यु

२०७० चैत ५ गते २:१७

काठमाण्डु, ५ चैत –रुपन्देहीको बुटवलमा जिप र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुवास बगाले र पछाडि सवार गुल्मी बडागाउँका जन बगाले रहेका छन् । उनीहरु दुवैको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएका...

मुल्यवृद्धिको विरोधमा उपत्यका ठप्प, दर्जनौ बिद्यार्थी गिरफ्तार

२०७० चैत ५ गते १:२०

काठमाण्डु, ५ चैत – मुल्यवृद्धि फिर्ताको माग गर्दै १५ बिद्यार्थी संगठनले आज उपत्यका बन्द गरेका छन् । प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा बन्द आव्हान भएको हो । बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन भने पसलहरु बन्द भएका छन् ।...

सरकार–विद्यार्थी वार्ता विफल

२०७० चैत ४ गते ११:५२

काठमाण्डु, ४ चैत – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत विद्यार्थी संगठनहरु र सरकारी टोलीबीचको वार्ता विफल भएको छ । सरकारी पक्षले मुल्य वृद्धि पूर्ण रुपमा फिर्ता लिन नसकिने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो । बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा...

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

२०७० चैत ४ गते ९:२३

काठमाण्डु, ४ चैत – सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारस्थित हर्क गुरुङ हलमा विशेष समारोहकाबीच सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । संयुक्त सरकार सञ्चालन लागि सहमतिका साझा न्यूनतम कार्यक्रममा...

पहाडी भेगमा खण्डवृष्टिको सम्भावना

२०७० चैत ४ गते ८:५९

काठमाण्डु, ४ चैत । मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकालगायतका पहाडी भेगमा यस याममा खण्डवृष्टिको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार बिहानपख हल्का चिसो हुने, दिउँसो गर्मी बढ्दै जाने तथा हावाहुरी भई साँझतिर बदली हुने र उपत्यका तथा पहाडी क्षेत्रमा हल्का खण्डवृष्टिको सम्भावना रहेको...

तीन सय बढी विद्यार्थी एसएलसी दिनबाट वञ्चित

२०७० चैत ४ गते ८:२५

सिरहा, ४ चैत – विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र राजस्व नबुझाएका कारण सिरहाका तीन सय बढी  विद्यार्थी यस वर्षको एसएलसी परीक्षा दिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालय परीक्षा फाँटका रामआशिष यादवले सामुदायिक र संस्थागत विद्यालयमा सङ्कलन गरिएको विवरणअनुसार ३२० विद्यार्थीले एसएलसी...

सडकको न्यूनतम मापदण्ड छ मिटर

२०७० चैत ४ गते ८:२२

भक्तपुर, ४ चैत – मध्यपुरथिमि नगरपालिकाले नगरभित्र सडक सञ्जाल तयार गर्दै भित्री सडकको मापदण्ड न्यूनतम छ मिटर कायम गरेको छ । सो नगरपालिकाको हालै सम्पन्न २३औँ नगरपरिषद्को निर्णयानुसार नगरपालिका क्षेत्रभित्र अब बन्ने कुनै पनि सडक न्यूनतम छ मिटर हुनुपर्ने गरी मापदण्ड कायम गरिएको नगरपालिकाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us