काठमाण्डुमा बस र ट्याक्सीमा आगजनी, यसरी जल्यो बस ! तस्विर सहित

काठमाण्डु टुडे २०७० चैत ५ गते ३:११ मा प्रकाशित

Pro_ktm_ Banda ma bus jaldhai ratnapark ma (1)काठमाण्डु, ५ चैत –उपत्यका बन्द गराउन सडकमा उत्रिएका बिद्यार्थीले काठमाण्डुमा सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् ।

मुल्यवृद्धिको बिरोधमा सडक आन्दोलनमा रहेका १५ बिद्यार्थी संगठनका कार्यकर्ताले काठमाण्डुको पुरानो बसपार्कमा एउटा बसमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार बा. २ .ख ८७९ नम्बरको बसमा आगजनी गरिएको हो । त्यस्तै खरिवोटमा बिद्यार्थीले ट्याक्सीमाथि आगजनी तथा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बा.१.ज २५५० नम्बरको ट्याक्सीमा बिद्यार्थीले आगो लगाएका हुन् ।

बन्द सफल पार्न सडकमा उत्रिएका बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार झण्डै ५० जनालाई नियन्त्रणमा छन् ।Pro_ktm_ Banda ma bus jaldhai ratnapark ma

तर अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले ६५ जना बिद्यार्थी पक्राउ गरेको दावी गरेका छन् ।

Pro_ktm_ Bus ma fire (1)बिहानैदेखि सडकमा उत्रिएका अखिल क्रान्तिकारी अध्यक्ष हिमाल शर्मासहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 तस्विरहरु : रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us